नायक प्रज्वल गिरीको ह्वातै बढ्यो व्यस्तता

सिन्धुपाल्चोकमा बाबा श्रीकृष्ण गिरी र आमा पद्मकुमारी गिरीको चौथो सन्तान प्रज्वल गिरी बिगत १५ वर्ष देखि चलचित्र क्षेत्रमा संघर्षरत हुनुहुन्छ ।
रंगमंच हुदै बि स २०६० सालमा नेपाल टेलिभिजनबाट प्रसारित श्याम भट्टराई द्वारा निर्देशित टेलिचलचित्र दुइ थोपा आँसुबाट आफ्नो अभिनय यात्रामा पाइला टेकेका प्रज्वल गिरीले सिउँदो, मिस नेपाल लगायत विभिन्न टेलिचलचित्रमा समेत मुख्य भुमिकामा अभिनय गरिसक्नु भएको छ । उहाँको पहिलो ठूलो पर्दाको चलचित्र भने नाता मनको हो ।

त्यसपछि उहाँले तिमि जहाँ भएपनि चलचित्रमा मुख्य नायकको भुमिकामा अभिनय गर्नुभयो । त्यस्तै गरि कलिउडमा अभिनय गरेका चलचित्रहरुमा मानव, लुट कम्पनि, बाउन्सर, सन्जोग, छल, जय पर्सुराम, निर्भय, ड्राइभर दाई, हमजाएगा, अन्दाज, रावण, मेरो देश , अपरिचित लगायत २ दर्जन भन्दा माथि चलिसकेका चलचित्र हुन् । त्यस्तै बलिउडमा भने दो जिस्म एक जान र क्रिस्टिना लगायतका चलचित्रमा समेत अभिनय गरिसक्नु भएको छ। आफ्नो जीवन नै अभिनय क्षेत्रमा समर्पित गरेका प्रज्वल चलचित्र क्षेत्रमा नै उहाको बाँकि जीबन बिताउने बताउनुहुन्छ। आफ्नो जीवन करियर नै बदल्ने चलचित्र भने कुर्बान रहेको बताए जुन कुर्बान चलचित्र अहिले पोष्टपोडक्सनमा रहेको छ । त्यस्तै गरि अपेक्षित चलचित्र कोइला र सरकार पनि पोष्टपोडक्सनमा रहेको बताउनु भयो । उहाँका चल्न लागेका चलचित्रहरुमा कुर्बान, कोइला, सरकार, च्यालेन्ज, चाल, नेपालीको शान, कैदी, सकस, सिमाना, चिनारी लगायत अन्य दर्जनौ छन् ।


सबैसँग हसिलो र मिजासिला भएकै कारण अहिले चलचित्रहरुमा भ्याई नभ्याई भएको छ । अहिले एकै साथ उनि अभिनित चलचित्रहरु विरंगना, अवतार र सुर्यास्त सुटिङ भइरहेका छन् । एकै साथ सुटिङ परेका कारण समय मिलाउन निकै नै कठिन भएको कुरा पनि हामीलाई बताउनु भयो ।
नायक प्रज्वल भन्नुहुन्छ “सरकारले पनि चलचित्र क्षेत्रलाई आत्मसाथ गरि संरक्षण, सम्बर्दन तथा प्रर्बदन गर्ने हो भने नेपाली चलचित्रहरु पनि बलिउड र हलिउड सो सरह बनाउन सकिन्छ ”। उनको लक्ष्य तथा भाबी जीबन सुखद रहोस् शुभकामना ।

Published On: Time : 16:55:04

तपाईको प्रतिक्रिया