काठमाण्डौं। उदाउँदो शक्ति राष्ट्र चिनीयाँ राष्ट्रपति सि जिनपिङ अर्को शक्ति राष्ट्र रसियन समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा गत मार्च २१ मा राजकिय भ्रमण गरेका छन्। सो भ्रमणकोक्रममा दुई राष्ट्रविच युगान्तकारी संभौता भएको छ।
सो भ्रमणकोक्रममा दुई राष्ट्रविच एक अर्काका कुनै पनि राष्टको सार्वभौमिकतामाथी खतरा उत्पन्न भएका मिलेर सामना गर्ने, चिनको शसस्त्रीकरणको लागी रुसले परमाणु प्रविधि प्रदान गर्ने, विश्वलाई दि–डलराइजेशन अन्तर्गत एसिया, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुसंग व्यापार युआन मुद्रामा गर्ने, पुर्वी प्रशान्त क्षेत्रको कुरील द्धिपमा शक्तिशाली क्षेप्यास्त्र प्रणाली तैनाथ गर्ने र विश्वमा पश्चिमाले लागु गर्दै आएको नियममा आधारित विश्व व्यवस्थाको विकल्पमा कानुनमा आधारित विश्व व्यवस्था लागु गर्ने जस्ता दुरगामी महत्वका विषयमा दुई राष्ट्रविच संभौता भएको छ।
यो संझौताबाट के स्पष्ट हुन सकिन्छ भने कुनै बेला चिनियाँ महान नेता देङ सियाओ पिङ को शक्ति लुकाउँ, प्रयोग गर्ने समय आउँछ भन्ने भनाईको चरितार्थ अहिले आएर चिन ठिक त्यही ठाउँमा आइपुगेको छ। यो संझौताले अप्रत्यक्षरुपमा रुसले अब आउने समयमा चिनलाई महाशक्तिको रुपमा स्वीकार गरेको देखिन्छ।
