चैत्र, काठमाण्डौ। पूर्वी नेपालको प्रदेश एक अन्तर्गत ताप्लेजुङ मिक्वाखोला–४, साँबा स्थानमा अनादी कालबाट नेपालको आदिबासी जनजातिमा सुचिकृत साँबा वंशका लिङथाङमा माङगेना यक र दुङदुङगे कुल देवता मान्ने संपूर्ण साँबा वंशको चैत्र २७ देखि २९ गते भव्य रुपमा साँबा मिङस्रा संचुम्भोको ”एकता, उथान र पहिचान, साँबा मिङस्रा संचुम्भोको दोस्रो महाधिवेशन” भन्ने नाराकासाथ साँबा मिङस्रा संचुम्भोको ऐतिहासिक दोस्रो राष्ट्रिय महाधिवेशन गरेर संपूर्ण साँबा वंशहरुको प्रतिनिधित्व भएको सक्षक केन्द्रिय कार्य समिति चयन गर्दै संपन्न गरेको छ। साथै सो अवसरमा सामुहिम दुङदुङगे अनुष्ठान पूजा, तापथेङ वदेङ(माङहुक्वा वादेम्मा), साक्मुरा–खेङघारा(माङदे–हाङदे) र तुम्याहाङ तङसिङ पनि सामुहिक रुपमा संपन्न भएको साँबा मिङस्रा संचुम्भो केन्द्रिय कार्य समितिले जानकारी दिएको छ। सो महाधिवेशन साँबा वंशहरुको थातथलो माङगेना यक स्थल लिङथाङमा मा आयोजना गरीएको थियो।
सो भेलाले केन्द्रिय अधिवेशन मात्र नगरेर संपुर्ण साँबा वंशहरु देश विदेशमा छरिएर बसेका ३ हजार भन्दा बढी घर धुढीहरु एउटै छातामुनी एकत्रित गर्ने र एक आपसमा भाईचारा अभिवृद्धि क्रमश बढावा दिने छ। साथै यस भेलाले किरात लिम्बुको परम्परागत संस्कृतिहरु धान नाच, हाक्पारे, के–लाङ र येवा र साम्वा नाचसहित मुन्धुमको पनि संबर्धन गर्ने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ। सो मआधिवेशनले आगामी तीन वर्षको लागी एघार पदाधिकारीसहित ५५ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ। जस अन्तर्गत क्रमस अध्यक्षमा गंगा साँबा, उपाध्यक्षहरुमा क्रमशः चित्र गुप्त साँबा, संजुहाङ साँबा, धनरुप साँबा, गौरी माया साँबा, महासचिवमा मंगल सिं साँबा, सचिवहरुमा क्रकसः मोहन चन्द्र साँबा, दुर्गा मणि साँबा, मन कुमार साँबा र विजय प्रकाश साँबा र कोषाध्यक्षमा धनजित साँबा सहित ५५ सदस्यीय केन्द्रिय कार्य समिति छनोट गरेको छ।
