तिलक भोजुरेको कविता

काठमाडौं । कवि तिलक थापा ‘भोजपुर’े,झट्ट सुन्दा कता कता चिरपरिचित नाम झै लाग्ने,तर वास्तविक भने नव उदयमान साहित्यकार हुन् । सानै उमेर देखि रङ्गमञ्चमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेका कवि तिलक थापा “भोजपुर”े पछिल्लो समय साहित्य क्षेत्रमा सशक्त कलम चलाउँदै आएका छन् । कवि,कलाकार,साहित्यकार तिलक थापा,कविता लेखनतर्फ सक्रियता बढाएका छन् । टेलिसिरियल “तितो पिरो” डेढ दर्जन भन्दा बढी म्यूजिक भिडियो,लघु ...

‘मुटुको भोज’

  यो बाटोले त्यहाँ त पुर्याउँदैन नि, जहाँनेर– ब्वाँसो शैलीमा निकालेर मेरो मुटु! टुक्राटुक्रा पार्दै भोज लगाएर खाएको ठाउँ हो। अरू कसैले– आफ्नै मुटुको स्वाद लिइरहेको त्यो दृश्य टुलुटुलु हेर्नु परेकोथ्यो यो आँखाले। चिच्याउन मिलेन–आमा बनेर सहिरहेँ गुहार मागिनँ कसैलाई– बडो साहसिक भएर थामिरहेँ आफूले आफैंलाई। आँखाले खसाइरह्यो– केवल पीडाको पहिरो मौनतामै उभिरह्यो आँसुको पहाड बिन...

‘मधेस’

मधेस हुँ जुन तिमीले कहिले बुझ्न नसकेको, मलाई कहिले आफ्नो नसम्झेको, म देश हुँ। म तिमीले मन नपराएको रङ्ग हुँ। जो कहिले खुलेर रङ्गिन पाएन, आफ्नै रङ्गसँग सजिन पाएन। मन परेन मैले बोलेको भाषा सँधै गिज्याइरह्यो सँधै जिस्काइरह्यो जानी नजानी तिम्रै भाषामा बोल्न बाध्य भएँ तिम्रै शब्द रट्न बाध्य भएँ। घरसँगै खेतबारी बगाएर लाँदा मलाई कहिले यो खोला बेचौं झैं लागेन वर्षौंदेखि सीमा मिचिरहँ...

माहुरीहरू

माहुरीहरू ... आइरहेका छन्, हातहातमा फूलहरूको रस भरेर गइरहेका छन्, खुट्टाखुट्टामा निरन्तरताको पदचिह्न पछ्याएर अविराम उडिरहेका छन् माहुरीहरु खेत खलिहान भीरपाखा डाँडाकाँडा गाउँ शहर लेकबेशी खोला खोल्सी र अविराम ओसारी रहेछन् मह। मालिकले खडा गरिदिएको छ एउटा ढुङ्ग्रो दुवैतिरबाट प्वाल बनाएर र, त्यहीँ ढुङ्ग्रोमा जम्मा गरिरहन्छन् दुर-दूरदेखि र मालिक खोतलिरहन्छ घरी दायाँबाट घरी बा...

घडी

झुण्डिएको छ एकतमास भित्तामा? भित्र भित्रै दौडिरहेछ कहिल्यै नसकिने दौडको मैदानमा, सायदै उसले देख्दो हो? उसको छेछाउ बसिरहेका मान्छेहरुलाई? अलि मुन्तिर पुरानो साईकल आफ्नो बेगमा रम्ने मान्छेको पर्खाइमा खिया लागीसकेको खुट्टा टेकेर उभिरहेछ, ठिक्क अघिल्तिर टेबलहरु मैला तर बैगुनी पर्दाहरु र बेला बेला फर्फराउदा देखिने उन्माद बैँश र जोडीहरु सायदै गिज्याउँदो हो उसले आफ्नो उमेर र बैँशहरु सम्झ...

तीन कुलपतिद्वारा एक कृति लोकार्पण

‘अल्टिमेटम आकाश’ उपन्यास आज लोर्कापण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र नेपाल नाट्यकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले संयुक्त रुपमा सो कृति लोकार्पण गरेका छन् । जनमत प्रकाशनले प्रकाशनमा ल्याएको सो कृतिका लेखक सन्तोष लामिछाने हुन् । यसअघि अमेरिका र बेलायतमा यसको अङ्ग्रेजी संस्करणमा लोकार्पण...

मैले कविताको मुख हेरेँ

बुबा भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको ढुङ्गा फुटाइरहेको ऋणको सानो कुम्लो बोकेर मुग्लानबाट गाउँ आइरहेको .... हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे ! आस्थाको ढाका टोपी क्रान्ति पहिल्याउने लामो गम्बुट विचार पिउने ठूलो लुम्बा किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा झर्के थालमा चिप्लिएको तिम्रो माइली औँला ओहोहो...त्यो माइली औँला ! बेला बेला उठ्थ्यो तिम्रो नाक अघिल्तिर सिधा ...

औडाहा

  मुकुमलुङ र फक्ताङ्लुङ्को मुन्तिर जहाँ मर्चा लगाएर पेहिङ चढाईन्छ देवतालाई, त्यहिनेर म एउटा अङ्शियार भएर उभिएको छु, बिरासत थाम्न मौलिकताको । ए ! उन्छोन उन्छोन ग : आकाश बन्यो है, धर्ती बन्यो है ढुङ्गा बन्यो है, तारा बन्यो है, यसरी मेरो पुर्खाहरुले गाउँदै आए लेप्मुहाङ्ले डुङ्गामा जोगाएको मुन्धुमलाई, जब प्रलयले विध्वंस मच्चाउदै थियो अस्तित्वको । पेरेवा साम्लो र हाक्पारे...

लघुकथा “आमाको माया“

जेठा ! ए जेठा तिम्री आमाले त सम्पत्ति जती सबै कान्छालाई पो दिइछिन त ! हो जेठा बा हो त्यो तल बेशिको चार बाली लाग्ने धराने कुलो लाग्ने खेत ता कान्छा नानी लाई पो पास गरिदिनु भएछ त आमाले ! छिमेकी अस्ति मन्दिन बनाउनु परो माइली आमा भन्दै ती साहिला पन्डित आएर दस हजार उम्काएछन नि ! श्रीमती पुजा र पाठ आमाको हामिलाइ चाहिँ मुसुली धान को भात छैन पुरेत लाई चाहिँ बास्मती धान का चामल खोइ आमाको के ताल हो । छिमेकी...

कफि क्लबमा किरण

काठमाण्डौ । सातदोबाटो स्थित कफि क्लबमा शनिबार पुराना कवि किरण राईलाई सुनिए । शनिबार विहान काठमाण्डौको मौसम निक्कै प्रतिकुल थियो । मुलधारे बर्षा र ठूलाठूला मेघ गर्जनको समेत प्रवाह नगरी किरणका कविता सरपान गर्न साहित्यनुरागीहरु कफि क्लबमा भेला भएका थिए । किरण कविता लिएर रोष्टममा उभिन अघि उनका मित्र तथा कार्यक्रमका संयोजक प्रेम रिबुसाल राईले उनको बारेमा बोलेका थिए । सरल व्यक्तित्व भएका कवि किरण...