गीत
मनकारी रैछौ मनमायौ !
सुनचाँदी हिरा के हो र ?
मायाको ऋणी बनायौ…
गुनकारी रैछौ ए मायौ !
चर्चरी दुख्ने दिलैमा
मायाको छुरा चलायौ !
आइयौऽऽऽ
- आँशुमा माया चुहिन्छ
खुसीमा माया चुलिन्छ
मनैमा बोकी हिँडे नि
कैले त माया भुलिन्छ
पाएर माया सस्तो कि
नपाए माया महङ्गै
लुकाउने हो कि मायालाई
देखाउने हो उदाङ्गै !
दोधारमा परेँ ए मायौ !
चैते डढेलो के हो र ?
पानीमा आगो लगायौ
गुनकारी रैछौ ए मायौ !
चर्चरी दुख्ने दिलैमा
मायाको छुरा चलायौ !
आइयौऽऽऽ
… ….
रुपैमा पनि गुनैमा पनि दुईतिरै बस्छ माया
उति नै नयाँ पलाउँछ पौलो जति नै खस्छ माया
…. ….
मनकारी रैछौ मनमायौ !
दुई दिने घामछायामा
मायाको कला सिकायाै
गुनकारी रैछौ ए मायौ !
बिर्सेर फेरि सम्झेर
राेऊँ कि हाँसाैँ बनायाै
आइयौऽऽऽ♦