मंसिर १० काठमाण्डौं , अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको आज दिउँसो २ बजेमेडिसिटी अस्पतालमा निधन भएको छ।
निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको कसजूको उपचारकै क्रममा निधन भएको हो ।
स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई आइसियूमा भेन्टिलेटरसहित उपचार गरिएकोमा केही सुधार देखिएको थियो।
कस्तो छ त कसजूको नेपाली साहित्यमा उनको योगदान ?
नेपाली भाषा साहित्य, बालसाहित्य, पत्रकारिता र मानवअधिकार क्षेत्रमा लामो समय सक्रिय रहेका उनी पछिल्लो समय बाल साहित्यमा लेखन तथा सम्पादनमा सक्रिय थिए।सामाजिक रेडियोका अभियन्ता कसजू सूचना आयोगका पहिलो प्रमुख आयुक्तसमेत थिए ।
बाल साहित्यतर्फ कसजूका ५० भन्दा बढी कृति प्रकाशित छन्। भने सयौं बाल कृतिहरु सम्पादन गरिसकेका छन्।
पाल्पाको तानसेनमा जन्मिएका उनको बाल्यकाल रिडीमा बितेको थियो। रिडीमा रहँदा उनले २५ वर्षको उमेरमा प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। उनले रिडीमै देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गरेका थिए। पछि यसैलाई उनले सामुदायिक पत्रिकाका रुपमा रुपान्तरण गरेका थिए।
सिर्जना कृतीहरुमाः विनय कसजुका १०० बाल कथाहरु, मुसालाई दोसल्ला र अरु बालकथाहरु, झ्यापुल्लेको बिजोग, वनको दमकल, कान्छाको मोटर, स्माइल प्लिज, साइबर बालकथा, सुजनको डर, सूर्यको बिहे, जुल्फी खाने कौवा, मेवालाल, माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीत गरी १५ बाल कथा संग्रह,घडीहरुको जमघट, जन्मदिनको उपहार, मुसाको भोजमा बिरालो, रातो भाले, अनौठो आकाश सूर्य र ग्रहहरु, म्याउँम्याउँ बिरालो, हाम्रो स्कुल खोइ, हाम्रो पुस्तकालय, मेरो किताब, कोसिस गर्छु, तीन पांग्रे साइकल, भोकाएको बिरालो, आज स्कुल जान्न, मलाई माया गर्छिन्, टिउराको सपना, जलवीर र सुरी, अबोलाको मोबाइलफोन, बोकाको आत्मकथा र सुनको मुटु भएको केटो बालचित्र पुस्तकहरु प्रकाशित छन्। कसजूको भोली दाहसंस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।