झुण्डिएको छ एकतमास भित्तामा?
भित्र भित्रै दौडिरहेछ
कहिल्यै नसकिने दौडको मैदानमा,
सायदै उसले देख्दो हो?
उसको छेछाउ बसिरहेका मान्छेहरुलाई?
अलि मुन्तिर पुरानो साईकल
आफ्नो बेगमा रम्ने मान्छेको पर्खाइमा
खिया लागीसकेको खुट्टा टेकेर उभिरहेछ,
ठिक्क अघिल्तिर टेबलहरु
मैला तर बैगुनी पर्दाहरु
र बेला बेला फर्फराउदा देखिने
उन्माद बैँश र जोडीहरु
सायदै गिज्याउँदो हो उसले
आफ्नो उमेर र बैँशहरु सम्झिँदै
कति पो दगुरेका हुन् र उन्मत्त मान्छेहरुरु
झुण्डिनु उसले आत्महत्या सोच्दो होकी नाईँ ?
एकै ठाउँ अल्झिरहनु जिवन सोच्दो होकी नाईं र?
खै केके सोच्दो हो उसलेरु
म फगत सम्झिएर निसास्सीन खोज्छु
उसको एकलास जिन्दगी देखेर,
यतिबेला,
उसको दाहीने होकी बाहीने तिर बसिरहेको छु
उसैको बारेमा सोच्दै
कल्पिँदै
अठ्ठिँदै
र लठ्ठिँदै
खै र यसरी म उसैको बारेमा अल्झिरहँदा पनी
मलाई कहाँ साउति मारेको हो ररु
आउ साथी सँगै बसौँ
दुख(सुख उकाली(ओरालिका कुराहरु गरौँ
कहाँ उसले भनेको हो ररु
तर सारा कथित अनुमानहरु गलत भैदिएर
फुत्त हाम्फाल्यो उ टेबलमा
जहाँ उसकै बारेमा टोलाईरहेथे
अब उसले चुनौतिको पहाड उभाएर पिउन थाल्यो
कति पियो मिनीसेकेण्ड खुर्र दगुरे झैँ मैले बिर्सिएँ
अवाक भएर हेरिरहेँ ,
उ निर्मिमेष अघि हेरेर
लढाईरहेछ एकतमास बसेरै
तोङ्बा,ऐला,छ्याङ र अरु थुप्रै थुप्रै
तर अँह मैले देखेको होईन
उसले रक्सी पिउँदा
कस्तो बरबरायोरु
उसले तोङ्बा पिउँदा
कस्तो पालाम गायोरु
उसले लाङसा खाँदा
कस्तो ढ्याउ निकाल्योरु
त्यो क्रम चलिरहेथ्यो
एकै छिन पछी उसले झस्कायो र भन्यो
साथी१
तीमीले कति पो पियौ होला र अहिलेसम्मरु
तिमीलाई थाहा छरु
यहिँ टेबलमा जमेर
तिमी जस्तै कति कति पियक्कडहरुसँगै पिएँ
तिमी जस्तै कति कति फकिरहरु सँगै पिएँ
तर अहँ ति मेरा मित्रहरु कोहीपनी म सँगै हिँड्न सकेनन्
के भो कुन्नीरु
मैले बढी पिएँ या तिनले बढीरु
मेरो खुट्टा लर्बरीयो या तिनकोरु
साथी म जति नै पिउँ१
तर म कहिल्यै हराएको छैन यो भित्ताबाट
टाढा गए यहीँ टेबल सम्म हो?
जहाँ अहीले हामी बसीरहेछौँ?
तर अन्तत त्यही भित्तामा पुग्नेछु
र उसैबेला देखी पर्खिरहेछु पुराना साथीहरु
तिनकै पर्खाईमा
खियाईरहेछु सेकेण्ड काटाहरु
मिनेट र घण्टाहरु।