
काठमाडौं, २८ भदौ । याक्थुङ कविता बाचनको पहिलो श्रृंखला ‘कविता तङ्सिङ्’-२०७६’ सम्पन्न भएको छ । लिम्बू साहित्यकाहरुको साझा संस्था याक्थुङ लेखक सङ्घ उपत्यका समितिले आयोजना गरेको तङ्सिङ् आज काठमाण्डौ जमल स्थित नागघरमा भएको हो ।
कविता तङ्सिङ्मा दुई दर्जन बढि कविले कविता वाचन गरे । लिम्बू संस्कृती झल्कने मञ्चको साजसज्जा, कविताको भाव सुहाउँदो संगीतको साथ कविता वाचनको नौलो शैली निक्कै रोमाञ्चक रह्यो ।

कविता तङसिमा चर्चित गायिका संगीतकार झुमा लिम्बुको रैथाने सङ्गीत समूह र ब्लिस म्युजिकले साथ दिएका थिए ।
लिम्बू जातिको मुख्य अनुष्ठान ‘तङ्सिङ्’लाई आधार मानेर गरिएको कविता तङ्सिङ्मा हाङ्युग अज्ञात, धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ, बिमला तुम्खेवा, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो, राज माङ्लक, मुनाराज शेर्मा, प्रकाश आङ्देम्बे, सुन्दर कुरुप, प्रदीप मेन्याङबो, अप्सरा लावती, देबेन्द्र सुर्केली, विष्णु नेम्वाङ, सङगम सुहाङ, रोहित आङ्बो, साङ्सेन वारक, सीता तुम्खेवा, सनि लिम्बु, बच्चु हिमांशु, उत्तम लिम्बु, मधु केरुङ, रन्जना लिम्बु स्टेजमा उक्रिए ।
पूर्व कुलपति बैरागी काइँला, बालकृष्ण माबुहाङ, येहाङ लावती, अभि सुबेदी, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ, निरन्ती तुम्बापो कविता तङ्सिङको तुम्याहाङका रुपमा रहेका थिए ।