काठमाडौं २५ असार । नेपालको प्रतिष्ठित साहित्यिक पुरस्कार ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीले आज एक विज्ञप्ती जारी गरि उत्कृष्ठ सात कृतिको नाम सार्वजनिक गरेको हो ।
गुठीले श्रेष्ठ सूची तयार गर्न गठित समितिले यो सूचि तयार गरेको हो ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले २ सय ५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा अन्तिम लिष्टमा राखिएको जनाए ।
छनोटमा परेका कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’ , छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिक’’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।
छनोटमा परेका यिनै सात कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ प्रदान गरिने छ । यसको राशि २ लाख रुपैयाँ छ ।
उत्कृष्ट सात कृति
१, सानु शर्माको ‘एकादेशमा’
२, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’
३,कुमार नगरकोटीको ‘ज्ञ’
४, छुदेन काविमोको ‘फातसुङ’
५, महेश थापाको ‘मरीचिक’
६, योगेश राजको ‘रणहार’
७, ध्रुव सापकोटाको ‘विचारको लाश’