सुजन सेलिङका उत्कृष्ट पाँच कविता

अन्त्यमा जिन्दगी

फूल फुल्यो
ओइलिनु थियो,
ओइलियो त के भयो ?
घाम झुल्क्यो
अस्ताउनु थियो,
अस्तायो त के भो ?
भो पर्दैन चिच्याउनु
एकैछिन
प्र्खिदेउ भनेर ।
भो पर्दैन अत्तालिनु
एकैछिन
हाँसिदेउ भनेर ।
आयु पुग्यो
झ¥यो डाँडाबाट
जिन्दगी त भेलभित्र
डुब्नु, उत्रनु, डुब्नु, उत्रनु
बस्,
अन्तमा जिन्दगी
फलको कथा बन्यो,
घामको लालीसँग उदायो
अनि
साँझको गोधूलिसँसगै अस्तायो ।

इङ्वा

सेसेलुङजस्तै अग्लो
सुदुर इतिहासलाई
तिम्मुको ढाकाटोपी ओढेर,
तल काबेली, तम्मर हुँदै
सप्तकोशीबाट समुद्रसम्म
साम्राज्य फैलाएको इङ्वा,
बस्तीहरुलाई ब्यँुझाउँदै
युग बोकेर बासिरहन्छ–
इङ्वा बगिरहन्छ –
अविरल –अविरल– ।
पारि–वारिको बासिन्दारहरु
दुवाली छेक्छन् ।
उता फर्काउँछन्,
यता फर्काउँछन्,
जता फर्कायो उतै फर्किन्छ
इङ्वाको पानी, लामदुवालीहरुमा ।
असला, कत्ले, बाम
र,
तितेमाछाको
खोजी गर्नमै मख्ख रमाउँछन् यहाँका बासिन्दारहरु ।
कहिलेकाहीँ
इङ्वा बहुलाउँछ
साह्रै बेइमानी देखाएर ।
खोलाखेती बगाउँछ,
याक्साहरु बगाउँछ,
गाईगोठ बगाउँछ,
बासिन्दाको सपना बगाउँछ ।
सुनामीजस्तै
बढी गड्गडाउनु
इङ्वाको बहादुरी
र,
बाध्यता दुबै हो ।
भएभरका सबै बगाएपछि
बासिन्दारहरु खुब बिरक्तिन्छन्,
सेताम्मे पल्टेको बगर हेरेर ।
बासिन्दारहरु
इङ्वाको धुपधुवाँर गर्छन्,
पूजा हाल्छन् सङ्गोलमा,
कोही दूध चढाउँछन्,
कोही बोका, राँगा, हाँस, कुखुरा चढाउँछन्,
फेरि अर्कोपटक
निर्दोष पशुको बलि चढ्छ ।
इङ्वा बगिरहन्छ –
अविरल –अविरल –।
इङ्वासँग साह्रै चम्किलो उज्यालो खानी छ,
पुरै कर्णालीसम्म बल्ने,
तार
इङ्वाकै पारि–वारि बस्तीहरुले
अँध्यारो बस्नुपर्छ ।
इङ्वासँग विशाल विशाल
उद्योग र कलकारखना चलाउने
शक्ति र सामाथ्र्य छ,
तर,
त्यही इङ्वाको पारि–वारि
बासिन्दारहरुले ।
मकै, गहुँ, कोदो, धानहरु
ढुङ्गे जाँतो र मुडे ढिकीहरुमा
पिस्नु र कुट्नुपर्छ ।
इङ्वा बगिरहन्छ –
अविरल–अविरल–।
इङ्वा कति बग्यो,
के–के बगायो
खै !
बासिन्दाको दुःख कहिल्यै बगाएन ।
इङ्वामा जाल हानी खाने
जालहारी दाइको त झन्
दुःख कहिल्यै बग्दै बगेन, बग्दै बगेन ।
इङवाकै बगरमा बित्यो
एउटा पुस्ता
जाल हान्दाहान्दै ।
पसिना बग्यो,
उमेर बग्यो,
तर बगेना दःख
जालहारी दाइको इङ्वामा ।
बूढा भन्छन– अब आफै बग्न मात्र बाँकी छ ।
इङ्वा बगिरहन्छ –
अविरल–अविरल –।
इङ्वाको शक्ति र सामाथ्र्यलाई
माथि सिंहदरबारका मान्छेहरुले बुझिदिए,
बस्तीहरुको दःख
बगेर जान्थ्यो होला ।
बस्तीहरु झिलीमिली बलेपछि
इङ्वा उज्यालोमा बगिरहन्थ्यो ।
बासिन्दारको दुःख पनि
इङ्वाको पानीसँगै बगेर जान्थ्यो ।
इङ्वा सृष्टिदेखि बगिरह्यो–
र बगिरहन्छ –
अविरल–अविरल–।

 

जिन्दगी

खोला हुन सक्थ्यो अविरल बग्ने
मैले खोलाहरुमा खोजेँ
त्यहाँ जिन्दगी बग्थ्यो
कहिले सङ्लो कहिले धमिलो ।
जिन्दगी
पूmलको कथा हुन सक्थ्यो
कोपिला पक्रिएर
ढकमक्क फुलेपछि
ओइली झर्ने भुइँमा ।
मैले पूmलहरुमा जिन्दगी खोजेँ
त्यहाँ जिन्दगी फुल्थ्यो, ओइलिन्थ्यो
भुइँमा झरि जान्थ्यो ।
जिन्दगी
जूनघामको कथाजस्तो हुन सक्थ्यो
उदाएपछि अस्ताउनै पर्ने
मैले जुनघामहरुमा जिन्दगी खोजिहेरेँ
त्यहा जिन्दगी उदाउँथ्यो, अस्ताउँँथ्यो ।
हो जिन्दगी
बग्छ खोलाजस्तै
ओइली झर्छ पूmलजस्तै

अस्ताई जान्छ जुनाघाम जस्तै ।

 

तितो यथार्थ –देशको

निकै पुरानो कुरा
देशले सिंहहरु पालेको थियो
तिनीहरु
काँचो मासु खान्थ्यो– जनताको
१०४ वर्ष ।

हिजोअस्तिसम्म
देशले सेतो हात्ती पालेको थियो
उसले जनताले खाने खाना सबै खान्थ्यो,
१३७ वर्ष ।

अहिले
देशले भेडाबाख्रा पालेको छ
उनीहरु
मुना नपलाउँदै खाँदैछन् देश
४६ सालपछि लगातार ।

र त
उजाड–उजाड
खडेरीले खाएको भस्मेजस्तो
हेरी नसिक्नु काल्ठुटा भएर
हैरानले उभेको छ– देश

 

फेरि नि परेन

हावाको भर्याङ चढेर
जुन टिप्न जाँदै गर्दा
कर्याङकुरुङको बथान
मौसम फलाक्दै
तिर्खा च्यापेर
एक हुल
पश्चिमतिर
पखेटा फिजाँउदै थिए,
त्यही हुलसंग ठोक्किएर
हवाको भर्याङ
आधा बाटोमै भत्कियो,
र सागरको बीचमा
चुर्लुम्म डुब्यो
मध्यरातको सपना ।
ओहो ।
बिउँझिएर
जस्केलोबाट जुन चियाउँदा
कर्लप्पै निलिसकेको रैछ
चमारेले सिङ्गो–जुनलाई
छाड चमारे छाड भन्दै
धर्तीमा मान्छेहरु
कमिला चिमोट्दै थिए,
कुकुर पिट्दै थिए,
एकछिनपछि
बिस्तारै जुन
अर्को एउटा योनी फटाएर
चिच्याउँदै जन्मियो

धर्तीका मान्छेहरु खुशी भए
म बेहिसाब विरक्तिएँ
ओछ्यानमा पल्टिएँ
फेरि निद परेन ।

– सेलिङको भर्खरै प्रकाशित कविता संग्रह  ‘युद्धले भूलेको बाँकी युद्ध ‘बाट

Published On: Time : 12:58:21

तपाईको प्रतिक्रिया