कविता :- वा…! तिम्रो आमा कति महान

वा…! तिम्रो आमा कति महानू
फुङमा, कहिलेकाँही, मेरो छाती
तमोरको मूलजस्तो लाग्छ, त्यो फुटिरहन्छ ।
सानो झुपडीभित्र तिमीलाई छोड्दा भक्कानो फुटेको थियो,
मानौं कि मेरो छाती माझिटारलाई
च्यालेन्ज दिने तमोरको भयानक छाल थियो ।

फुङमा ! तमोर छेउ माझिटारको किनारमा बालुवा चालिरहँदा
लाम्टिएको पेट,नाङ्गो शरीर र च्यातिएको
पुरानो भोटो लाउने माझिका छोराछोरीहरुलाई देख्दा
बेसरी तिम्रो याद आउँछ।
माझी माइलिको घरमा छ्याङ
एक सुरुप पिउदा तिम्रै उमेरका साथिहरुले
मुख मिठ्याउदै मेरो ओठ ठाडै हेरिरहन्छन।
यी लालाबालाहरुको अगाडि खैनी झिक्नलाई
गोजिमा हात लाउन पनि कति गाह्रो १

अनि सम्झिन्छु,
कोही नौलो मान्छे घरमा आई खल्तीबाट हात निकाल्दा
पनि तिम्रो मुख रसाउँछ होला,हग्गी रु
फुङमा तमोरको पानीले मेरो शरीरको पानी मात्र होइन
मेरो जिन्दगी पनि क्रमस बगाउदैछ।
दोकाने साईलाकोबाट किनिल्याको सिरक पनि
तिम्रो आमाले यहि तमोरमा बगाइदेको रे१

प्यासी शरिरलाई किनाराको चेप्टे ढुङ्गामा थेचार्दै
एक अञ्जुली पानी उघार्छु।
जहिल्यै नियालेर हेर्थे अञ्जुलीमा
ूकतै त्यो सिरकका टुक्राहरु भेट्छुकि भनेरू
उहु,कहिल्यै भेटिन सिरकका टुक्राहरु,
बरु देखे माझी माइलीकि नानिहरुको प्यासी ओठहरु,
अनि मधुरो(मधुरो फुङमाको मासुम ओठ।

बर्सेनि नानिको थाङना र माझिहरुलाई बगाउने
त्यो तमोरले माझिहरुको आँसु मात्र होइन
एसपाली त तिम्रो बाबाको आँसु र पसिना पनि कति बगायो(बगायो।
तिम्रो आमाले तिम्रो कलिलो मस्तिष्कलाई त भत्कायोरभत्कायो
तिम्रो कलिलो हृदयलाई समेत बेस्सरी हल्लाएर गइन।
वा…! तिम्रो आमा कति महान।

Published On: Time : 4:39:17

तपाईको प्रतिक्रिया