सन्देशको ‘आगोको सौन्दर्य’ विमोचन

फिदिम । सञ्चारकर्मी तथा साहित्यकार सन्देश सुब्बा द्धारा लिखित ‘आगोको सौन्दर्य’ कविता संग्रह मंगलबार विमोचन गरीएको छ ।
साहित्य साधना पाँचथर, रेडपाण्डा प्रकाशन तथा पाँचथर गजलमञ्चको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा साहित्यकार विरेन्द्र ‘प्रतिक’ तुम्बापोले सो कृतिको विमोचन गरेका हुन् । पाँचथरको फिदिममा आयोजना गरीएकोे कार्यक्रममा सो कविता संग्रह सार्वजनिक गरेको हो ।
१९ वटा कविता समेटिएको सो संग्रहमा सांकृतिक, प्राकृतिक वर्णन गर्न खोजिएको छ । सो कविता युवा समिक्षक राज दिलाञ्जलीले समिक्षा गरेका थिए । कवितामा अस्तित्व बोध र प्रेमिल शव्दले भरीएकोले कविता संग्रह सबैले मन पराउने विश्वास व्यक्त गरे ।
त्यस्तै कविताको बारेमा बोल्दै पाँचथर क्याम्पसका प्राध्यापक लक्ष्मि ढुगांनाले कवितामा सरल सुबोध भाषाका प्रयोग गरीएको, क्रान्ति चेतना र आक्रोषले प्रतिविम्वित भएकोले कविता एक प्रतिनिधिमुलक बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सगुन सुसारा, मधु अजीत केरुङ, विवस माङ्मु लगायतले बोलेका थिए । संग्रहमा वि.पि पार्क, फेदेन, मिस्त्री लगायतका कविता समावेश गरीएको छ ।

Published On: Time : 8:36:16  811पटक हेरिएको

तपाईको प्रतिक्रिया