सुजन सेलिङको कविता संग्रह सार्वजनिक

पाँचथर । कवि सुजन सेलिङको कविता संग्रह ‘यद्धले भूलेको बाँकी युद्ध’ शनिबार फिदिममा सार्वजनिक गरिएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगूले सार्वजनिक गरेका हुन ।
विमोचनपछि पुस्तकमाथि अन्तरक्रिया तथा संग्रहमा समेटिएका एक दर्जन बढी कविता वाचन पनि सपन्न भयो ।
विमोचन कार्यक्रममा लेखक जीके पोखरेलले विशेष मन्तव्य राखेका थिए । उनीले पूस्तकमा स्थानीय र लिम्बू भाषाका मिथकहरुको राम्रो प्रयोग भएको बताए ।
कवि प्रेम ओझा, सगुन सुसारा, लक्ष्मीप्रसाद ढुंगाना र राज दिलाञ्जलीले पुस्तकमाथी समिक्षा राखेका थिए । कवि भवानी तावा र भाषाविद हरिष्चन्द्र लावतीले कृतिमाथी पाठकीय प्रतिक्रिया राखेका थिए ।


अन्तरक्रिया कार्यक्रममा कवि सुजन सेलिङले कविता लेखनका अनुभव सुनाएका थिए भने प्रकाशकका तर्फबाट निम्बल पब्लिकेशनका अध्यक्ष टंक सेलिङले मन्तव्य राखे ।
शान्ता गौतम, मिना राई, खड्ग बोहोरा लगायत एक दर्जन स्रष्टाहरुले सेलिङका् संग्रहमा समेटिएका कविता वाचन गरे ।
कार्यक्रम पाँचथर गजल मञ्चको आयोजनामा सम्पन्न भएको थियो ।

Published On: Time : 3:06:07

तपाईको प्रतिक्रिया