गजल: कस्तो होला तिमी बेहुली भएको दिन

kp

 

कस्तो होला तिमी बेहुली भएको दिन
सिन्दुर, पोते, रातो चुरा लगाएको दिन

अग्नि साक्षी जग्गेमा हामी दुवै घुमेपछि
कस्तो होला जिउने मर्नेसँगै कसम खाएको दिन

बिदा हुदा तिमीले मोती आँशु खसाउदा
कस्तो होला फकाउदै अंगालोमा बेरेको दिन

मेरी आमा दियो बालि तिम्रो स्वागत गर्दा खेरी
कस्तो होला तिम्रो पाउ मेरो घरमा राखेको दिन
पाँचथर हाल मलेसिया

Published On: Time : 17:43:30

तपाईको प्रतिक्रिया