जनै र जात

मलाई सानो छँदा जात जाला भन्ने ठूलो डर लाग्थ्यो । बाले जातको महत्व बताउन धेरै थोक भन्ने गर्नुभएको थियो । धेरै भन्नुभएकामध्ये पनि धेरैजसो नै बिर्सिसकें मैंले अहिलेसम्ममा । निकै पछिसम्म अहिलेसम्म नै सम्झिएको बाको उपदेशको सार यस्तो थियो ‘ब्राह्मण भएपछि ब्रह्मत्वको रक्षा जसरी भए पनि गर्नैपर्छ ।’
तर ‘ब्रह्मत्व’ भनेको अहिले पनि मै.ले बुझेको छैन । जात कसरी आयो भन्ने पनि थाहा छैन र कतिपल्ट गयो त्यो पनि गणना गर्न सकिनं ।
जनै पूणर््िामाको छेउछाउ जब जनै फेर्ने कुराको प्रसङ्ग चल्न थाल्छ त्यसबेला मैंले पन्छाउन प्रयत्न गर्दा पनि एउटा पुरानो घटना मनमा झल्झली दोहोरिन्छ ।
म आठ वर्षको थिएँ । अघिल्लो साल मात्रै ‘साँवैं क,कान्दानी का’ छिचोलेर त्यस वर्ष स्कूले पढाइको दास्रो कक्षा थालेको थिएँ । मेरो र माल्दाइको ब्रतबन्धको तयारी भएछ । आठौं वर्षमा मन्त्रदान गर्दा मेरा वारेमा केही पनि हेराउनु जुराउनु नपथ्र्याे अरे,माल्लदाइको जुरेपछि भैहाल्थ्यो ।त्यो बेला ब्रतबन्ध कार्यको क्रममा स्याउली काँधमा हालेर यज्ञकुण्डको वरिपरि घुम्दै ‘भवती भिक्षान्देही’ भनेको,भिक्षा मागेको,अरुले चाल नपाउने गरी बाले कानमा मन्त्र सुनाउनुभएको र भन्न लगाउनुभएको जस्ता केही प्रसङ्ग मात्रै मलाई सम्झना छ ।
भालिपल्टदेखि दाइ र म कडा निर्देशनहरु पलना गर्न बाध्य भयौं । ओछ्यानबाट उठेर मन्त्रसहित हात हेर्ने ,पहिलोपल्ट भूमिस्पर्श गर्ने,शौचादिका नियम,गायत्री जप्ने ाियम,खाना खानु अघि अप्सानी लगाउने विधि,त्रिसन्ध्याका रीति आदि सबै पालना गर्नुपर्ने भयो,नत्र ब्रह्मत्वमा असर पर्छ भनेर बाले सिकाउनुभएको थियो ।बाले दिनुभएको निर्देशानुसार रुद्री,चण्डी,गीता पाठ गर्नुपथ्र्यो र बालाई बुझाउनुपथ्र्यो,आफ्नो क्षमताअनुसार गर्दैरह्यौ.,तर बाको एउटा उपददेश वा नियमले भने मलाईठूलो सङ्कटमा पार्यो ।
बा मलाई ‘लट्टे’ भन्नुहुन्थ्यो ।मेरो क्षौरकर्म नजुरेरनिकै समयपछिमावल गएका बेला मामाले चोरेर केश काटिदिनुभएको थियो ।शायद कपाल निकै लट्टा परेको थियो होला र ‘लट्टे’भनिएको होला ।दाइलाई ‘काले’भनिन्थ्यो ।यी नामले हामी अलिक पछिसम्म नै पनि बोलाइन्थ्यौ.। दाइलाईृ किन ‘काले’ भनियो थाहा छैन ।अहिले हेर्दा पनि दाइलाई सानामा ‘काले’भनिन उपयुक्त हुनुहुन्थ्यो जस्तो लाग्दैन ।
बाको निर्देशन यस्तो थियो –
‘‘जनै चुँडियो वा फुस्किएर थाहा नपाउँदै शरीरबाट निस्केछ भने सुन काले र लट्टे ,तत्कालै अर्को लगाउनुपर्छ ।अर्को जनै नलगाउञ्जेलमुखबाट शब्द वा वाक्य निकाल्नुहुदैन ।अझ साँच्चै ब्रह्मत्वको रक्षा गर्नलाई ता यज्ञोपवीतमा क्षति भएको चाल पाउनेवित्तिकै श्वास नियन्त्रण गर्नुपर्दछ ।यज्ञोपवीत पुनः धारण गर्न विलम्ब हुने अवस्था छ,टाढा जानुपर्ने खण्ड परिआएको छ भने वा श्वास नियन्त्रण गर्न सम्भव छैन भने पनि शब्दोच्चारण चाहिं गर्नैहुन्न,गरियो भने जात जान्छ,ब्रह्मत्व समाप्त हुन्छ,त्यसको पुनः संस्कार नगरी हुँदैन ।’
बाले दिनुभएका निर्र्देशनहरु हामी पालना गर्दैरह्यौं ।तर दिनहुँ स्नान गर्नु,कहिल्यै नलगाएको लँगौटी लगाउनु,गायत्री जप्नु,भोजनअवधिभरि मौन बस्नु,पाठ बुझाउनु , जस्ता नित्यकर्महरुको अनिवार्यता मलाई भने निकै बोझिलो भएको थियो । ‘ब्रह्मत्वको रक्षा गर्न सकिएला के ?’ जस्तो शङ्का मनमा उब्जिन्थ्यो,डर लाग्थ्यो ।
‘कामी,दमाईं ,सार्की आदि भनिएका जातका व्यक्तिबाट छोइयो भने पनि जात जान्छ नि ! बा भन्ने गर्नुहुन्थ्यो । बाको यस भनाइले मलाइ भने विद्यालयमा वा कक्षामा साह्रै ठूलो समस्यामा पाथ्र्यो ।त्यस्ता भनिएका साथीहरुसँग छोइने डरले म तर्किन्थें,भागेर जोगिन्थें,तर अहिलेको समय कति विकसित भैसकेको छ ,यो सम्झेर निकै ढुक्क लाग्छ ।

एक दिन एकाबिहानै स्नान गर्न पँधेरामा गएको थिएँ ।स्नान सकेर हातमा जनैको शिखा बेरेर‘ सञ्जे’ भन्न लागेको थिएँ । मेरा पछिल्तिरबाट मेरै कक्षाको सार्की थरको सहपाठी केटो आएछ र छेवैमा आएर भन्यो ‘एकाबिहानै पँधेरामा आएर केको जोखाना हेर्दैछौ हँ ? ’
म झसङ्ग भएँ ।एक सुरले गायत्री जप्न व्यस्त हुँदा त्यो अप्रत्यसित सोधाइले मेरो क्रम टुट्यो ।पुलुक्क हेरें ।बाले छुनुहुन्न भनेकै पो रहेछ ।बोल्नुहुन्नथ्यो गायत्री जपीरहेको बेला ।बोलिनं पनि ।त्यो साथी मभन्दा निकै छिप्पिएको उमेरको थियो ।मेरा मनमा एउटा डर उब्जियो ’यसले छोइदियो भने………..?’अलिक पर सरें ।म तर्किएको देखेर त्योपनि मलाइ नछोर्इ गयो ।तर जाँदाजाँदै उसले भन्यो ‘धन्नै र‘छ काठाको ढर्रा………!यति सानै उमेरदेखि अचाहिंदो सास्ती !’
त्यो त गयो जता जान भनेर हिंडेको थिया् म छोइनु नपरेकामा ढुक्क भएँ तर गायत्री जपेर कतिपल्ट पुर्याएको थिएँ,सबै बिर्सिएँ । फेरि शुरुदेखि थालें र सम्पन्न गरें ।

एक खेप ।
भदौ लाग्न आँटेका थियो ।बारीमा मकै पाक्न लागेका थिए । हाम्रो घरनजिकै हाम्रे भानिजदाइको घर थियो ।म त्यस दिन बिहानको स्नान–सन्ध्या सकेर अघिल्लो दिन बाले दिनुभएको पाठ पनि बुझाएर फार्से भैसकेको थिएँ ।गर्मी चढ्दै थियो । स्नानपछि फेरेका कछाड मात्रै कम्मरमुनि लगाएको थिएँ,बाँकी नाङ्गै थिएँ । हाम्रातिर निकै बाँदर लाग्थे । मकै पाक्न लाग्यो कि ढुक्कै रुङ्नुपथ्र्यो । आमाले भान्साको धन्दा गर्दागर्दै
भन्नुभयो ‘जा जा कोलटारतिर हेरेर आइज,बमँदर आयो कि ?’
म त्यस्तै नाङ्गै कोलटारतिर लागें ।
‘कोलटार’ हाम्रो बारीको एउटा पाटो थियो ।म त्यहाँ पुगें । साँच्चै बारीका पुछारपटि बाँदरको हाँचैभर्खरै आएर मकैका घोगा भाँच्तै ,लुछ्तै रहेछ ।मैंले हाहाहोहो गर्दै ढुङ्गा र माटो हानें ।भारेभुरे बाँदर ता भागे
तर एउटा ठूलोचाहिंले मलाई झम्टियो र चिथोर्यो,पिट्यो पनि । मैले सक्दो प्रतिकार गरें तर फेरि अर्कोसमेत आएर ममाथि आक्रमण गर्यो । म आतसमा ‘ गुहार ! गुहार ! ! बाँदरले मार्यो भनदै चिच्याएँ ।
भान्दाइ त्यतै आसपासमा कहिं हुनुहुदोरहेछ ,म चिच्याएको सुनेर दौडिदै आउनुभयो र बाँदर खेदिदिनुभयो ।म थर्थरी काम्दै ,रुँदै घरतिर लागें । बाँदरले चिथोरेको ठाउँतिर छाम्ने क्रममा जनैमा हात पुगेछ , चुँठिएको भेटियो ।दुइटा डोरा छिनेछन् । मैंले रुवाइ बन्द गर्न बाध्य हुनुपर्यो ,गरें ,तर सास भने झन् छिटोििछटो चल्न थाल्यो ।दौडिदै घर पुगें ।बाँदरले चिथोरेको र पिटेको नाङ्गो जिउ देखाउन बाका अघि उभिएँ,हातले छामेर जिउ देखाएँ ।
‘के भो ? बाँदरले चिथोरो ?‘ बाले सोध्नुभयो ।
मैले टाउको मात्र हल्लाएर ‘अँ ’को सङ्केत दिएँ ।बोल्नु हुने थिएन ,यज्ञोपवीत दुर्घटनाको नियम भत्किन्थ्यो ।
‘अलिक ठूला गए पो हुन्छ त ,ठूला चाहिं कता गए कता ’भन्दै फत्फताउँदै बा जनै खोज्न थाल्नुभएछ ।मैंले चाहिं बाले जनै चुँडिएको पनि देख्नुभएछ र जनै खोज्दै हुनुहुन्छ भन्ने ठानें । भित्र पसेर बा गन्गनाउनु भएकाले धन्दामा व्यस्त हुनुभएको आमालाई पेच परेछ क्यारे,लोहाटा लिएर बाहिर गर्दा बलेंसीमा धुम्धुम्ती उभिएको मलाइ भेट्नेबित्तिकै मेरो कान बेस्सरी तानिदिनुभयो र भन्नुभयो ‘ के खोज्न यहाँ विजोक देखाइरहन्छस् नि तँ गालपारा पनि ? जा भित्र गएर लुगा खोजेर लगा !’
मेरो धैर्यले अबचाहिं ठाउँ छोड्यो ।आमाले कठैबरी भनिदिनुहोला र जनै फेरेर बोलीको प्रतिबन्ध हटेपछि सबैकुरा आमालाई पोखूँला भन्ने मेरो आशामाथि कुठाराघात भयो ।मेरो रुवाइ र बोली एकैचोटि निस्कियो ‘ मेरो जनै पनि छिनेको छ !’रुँदै भनें ।
नजीैकैे उभिएर टीठलाग्दो पाराले सबै गतिविधि हेरिरहनुभएको दाइले हतारहतार बालाई सुनाउनुभयो‘ लट्टेको ता जनै पनि छिनेको छ ,बाँदरले छिनाइदिएछ ।’
‘हँ’ भन्देै बा झस्के झैं गर्नुभयो र नजीकै आएर मेरो निरीक्षण गर्नुभयो ।साँच्चै जनै छिनेकै देखेपछि मलाई नै एक चड्कन लगाएर भन्नुभयो –‘ अघि नै किन नभनेको त बजियाले ?’
एकैछिनमा बालाई‘बोल्नुहुन्न’भनेर आफैंले निर्देशन दिउको सम्झना भएछ ,म बोलेकामा फेरि भन्नुभयो –
‘बोल्नुहुन्न भन्ने जान्दाजान्दै फेरि के खान बोलेको त ?’
मसँग कुनै उत्तर थिएन ,हल्काहल्का रुवाइ मात्र थियो ,शान्त रहें ।
त्यसपछि बाले नयाँ जनै ल्याएर रिसाउँदै भएपनि मन्त्रहरु प्ढ्दै मलाई लगाइदिनुभयो ।क्रमशः सबैका आवेग सेलाउँदै गएपछि आमाले पनि केकेको हो लेप बनाएर बाँदरले चिथोरेका ठाउँहरुमा लगाइदिनुभयो । सबैलाई पछुतो नै भयो होला तर मैंलेचाहिं त्यसबेला तीनतर्फी चुटाइ खाएँ अनाहकमा र त्यो पीडालाई रोएर ओकल्नसम्म पनि पाइनं ।सधैं जनै फेर्ने समयमा म यही कुरो सम्झिन पुग्छु ।

सानो छँदा र घर नछोडूञ्जेल जात जोगाउन धेरै सावधानी गरियो ।लुगा छोडाएर कछाड कसेर वा धरो फेरेर मात्रै भात खाइयो ।अप्सानी लगाएर मात्रै गाँस हालियो ।एक दिन अप्सानी हाल्न बिर्सेर केही
गाँस खाइहालेंछु ,अरुले पनि याद गरेका रहेनछन्,सबैका आँखा छलेर दुईचार सिता भुइँमा पोख्न भ्याएर जोगिएँ ।पछि कुनै बेला घरबाट भागेर धरान पुगें ।दुई दिनको भोकले रन्थनिएर,पेट भर्ने अन्य खानेकुरा पनि नपाएपछि मैंले जात थामीरहन सकिनं ।सुन्सरी होटल भन्नेमा पसेर भात मागें ।लुगासँगै ,चोरले जस्तै पल्याकपुलुक वरपर हेर्दै भात खाएँ ।त्यसै दिन मेरो जात पहिलोपल्ट गएको भन्ने ठानें ।त्यस दिन
ठूलै अपराध गरें जस्तो लागेर हीनताबोध भैरह्यो ।यस्तो खाले हीनताभास चार पाँचपःट जात जाँदासम्म मभित्र रहीरह्यो ।मजस्तो बबुराबाट ब्रह्मत्वको रक्षा हुन सकेन,मेरो आफ्नै ब्रह्मत्व अरक्षित रह्यो ।

समयको गतिसँगै मेरो परिपक्वता र प्रौढताले नयाँ व्यवहार,नयाँ मान्यताहरुसँग मित्रता गरायो ।अध्ययन र घुमफिरको दौरानमा तल्लो जातका भनिएकाहरु कति हो कति मेरा मित्र भए ।हातेमालो गरेर हिंडियो ,सँगै खाइयो ,बसियो ।जात गएकै मान्ने हो भनेयतिपल्ट गयो भनेर साध्य छैन ।एकजना परियार थरकी बहिनी ,एकजना गदाल थरका मित्र,एकजना लमजेल, एकजना रम्तेल, एउटी बराइली नानी ,लिम्बूmमगर, राईआदि जातका अनगिन्ति पुरुष र महिलाहरु
यस्ता विविध व्यक्तिहरुसँग मेरो मैत्री छ । भेटघाटको क्रममा म उनीहरुकहाँ जान्छु ,उनीहरु मकहाँ आउँछन् ।श्रीमतीलाई भने शुरुशुरमा ढाँट्नुपथ्र्यो ।कसैलाई भुजेल भनिदिन्थें ,कसैलाई भट्ट ।कुनै महर्जन हुन्थे त कुनै चौधरी । अछूत भनिएकाहरुप्रति श्रीमतीको धारणा पहिले निकै कट्टर थियो ,अहिले त्यस्तो छैन ।भित्री मनले जेसुकै ठानोस्

अहिले बाआमा बित्नुभएको पनि धेरै वर्ष भैसक्यो तर मलाई बाले नै वेद पढाउँदा सिकाउनुभएको थियो‘ संगच्छध्वम् सम्वदध्वम्,संवो मनांसि जानताम् ।’ (–हामी सँगै हिंडौं सँगै बोलौं ,हाम्रा मनहरुले सँगसँगै जानून्)।यसको अर्थ पहिले लागेको थिएन,जब अर्थ लाग्यो मैंले नकाम गरें जस्तो पटक्कै लाग्दैन ।बाले दिनुभएको उपदेशकै अनुशरण गरेको छु जस्तो लागेर ढुक्क पो लाग्छ ।जनै कतिपल्ट चुँडियो ,कतिपल्ट भित्री गञ्जीसँगै अल्झिएर फुक्लियो ।कतिजनासँग बसेर खाइयो ती सबैमा जात गएकै मान्ने हो भने मेरो जात अब जति संसकार गरे पनि फिर्ता हुन नसक्ने गरी गैसकेको छ ।मलमई जातको मोह पनि छैन ।पहिचानका लागि आकृति छ,परिचयका लागि नाम,थर छँदैछ, बस्……..!

kholaghare@gmail.com

Published On: Time : 12:30:38

तपाईको प्रतिक्रिया