फूल र प्रेम

saraat

प्रेम फुल्नुुसंग मात्र हुँदैन
प्रेम त फूलसंग हुन्छ
मलाई फूलसंग प्रेम छ

म घरको पैतालादेखि
मनको पुछार उता
फूल रोप्दैछु

म प्रेम गर्नेछु
फुल्न बाँकी तमाम फूलहरुलार्इ
या,
फुल्नु अघि नै श्वास निख्रीसकेका
हर एक फूलहरुलार्इ

म प्रेम गर्नेछु
फुल्दा फुल्दै कारागारको उत्कृष्ट आविष्कार ले टुक्र्याइदिएका
अपांग फूलहरुलार्इ
या,
विचारको बबुरो घोडाको टापले कुल्चिछोडेका
जिउनुु माटो मुनि गाडिसकेका फूलहरुलार्इ

प्रेम फुल्नुुसंग मात्र हुँदैन
प्रेम त फूल संग हुन्छ
मलाई फूलसंग प्रेम छ
मलाई शुष्क फूलसंग पनि प्रेम छ
मलाई ओइलिसकेका फूलसंग पनि प्रेम छ
मलाई फुल्नुु छोडिसकेका फूलसंग पनि प्रेम छ
मलाई माटोमा झरिसकेका फूलसंग पनि प्रेम छ

अब,
फाँड्छु
घरका केस्रा केस्रा भरी आफैंले सिंचेका
भोका अजिङ्गर जस्ता निर्जल झाडिहरु
तिमी प्रश्न गर्छौ के गरी मान्छे यसरी जंगल हुन्छ
उ भन्छ यसैलाई हामी जिउनुु भन्छौं,
जसको जरा चेतनको अँध्यारो कोठाको कुनामा
हरेक पटक स्खलित हुन्छ
हरेक पटक भयको आहट सुनेर थर्थराउँछ
र, पुनः कामाग्नी सल्काउँछ

मलाई जिउनुुसंग जुध्नु छ
मलाई फूलसंग प्रेम छ
र, प्रेम फुल्नुुसंग मात्र हुँदैन
प्रेम त फूल संग हुन्छ

Published On: Time : 13:19:52

तपाईको प्रतिक्रिया