गन्तब्य

नबसु एसरी,
हिडे पछि एक ठाउँ त पक्कै पुगिन्छ।
जस्तो बाटो होस
यात्रा कठिन र सहज त हुन्छ नै।
लु अब हिडु हो
ढाकर भरी सपनाको भारी बोकेर
मन भरी समय बोकेर ।
रमिते डाडाँ हुँदै जे भाले पर…पर…
स्वाधिनता को भनञ्ज्याङसम्म
तेहा पुगेर स्वतन्त्रताको पालाम गाउँला
मन भरिको पीडा बिसाउँदै च्याब्रुङ   बजाउला ।
नहिडे तेहि बसिरहिन्छ।
हिडे क्षितिज पनि भेटिन्छ
र धेरै क्षितिजलाई पछि पारिन्छ।
अब आफैँ हिडु,
अरु को पछिपछी हिडेर पुगिन्न गन्तब्य
फालेलुङ हुँदै सगरमाथामा पुगु
तेहाबाट खिचु देशको  फोटो।
आखिर यात्रा हो, पुग्नु पर्छ गन्तब्य
सिरु पाते खुकुरीले छ्वाम..छ्वाम..फाड्दै
बाटो बनाउँदै,
हिडु अब पहाड भन्दा ठूलो छाती बनाएर
पैतालाको लाहा छाप ठोक्दै
नयाँ – नयाँ सडक को निर्माण गरौँ आफ्नै स्वामित्व को।
देउरालिमा पाती चडाउँदै,
सेर्पेनी ठुलीसङ्ग ख्याली खेलौला
एक फेर धान नाच्दै
सम्झुला पुर्खा को बैस ।
लु एसरी नबसु हिडिहालौ
हामी भन्दा प…र पुगि सक्यो समय ।

पुग्नु छ हामिले घामको आगनसम्म
टेक्नु छ हामिले जुन को बलेसीसम्म
हिड्दै जाउला बादलको भनञ्ज्याङ्हरुलार्इ नाघ्दै
कति पनि टाढा छैन गन्तब्य ,
बाटो भरी भन्दै लाउला दन्त्य कथा
जहा पुर्खा को इतिहास बोल्दछ ।
साट्दै जाउला मुटु भरिको माया
जहाँ जीवन भेटिन्छ ,
गाउँदै जाउला गीत
पातहरु सङ्ग सुसेल्दै ।

आकास र धर्ती जोड्नु छ अव हामीले
खिर्लाको पात झरी नसक्दै
उभ्याउनु छ  सिङ्गो पहाड…
बगाउँनु छ तमोर उकालो …उकालो

पुग्नु छ अब हामीले घामको आँगनसम्म
टेक्नु छ अब हामीले जूनको बलेसीसम्म

Published On: Time : 20:19:00

तपाईको प्रतिक्रिया