काठमाडौँ– खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ र नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरिएको छ ।
नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान पु¥याए बापत पद्मश्री साधना सम्मान–२०७२ वरिष्ठ साहित्यकार बैरागी काइँला तथा पद्मश्री साहित्य पुरस्कार–२०७२ यसवर्ष ‘चीरहरण’ उपन्यासका लेखिका नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरिएको हो ।
जनही दुई लाख राशिको सम्मान र पुरस्कार यहाँ शनिबार आयोजित एक समारोहका बीच प्रतिष्ठानका संरक्षक जीवा लामिछानेका आमा हरिकला लामिछानेले प्रदान गरे ।