पाँचथरको माया

संसारको जुनसुकै कुनामा पुगे पनि म पाँचथरकै सपना देख्छु । मन्त्री भएर विदेश जाँदा र त्यहाँका ठूला सहर र सुविधा सम्पन्न ठाउँहरू देख्दा नेपालमा पनि यस्तै विकास गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । आज पनि म आफ्नो थातथलो पाँचथर र जन्मभूमि नेपाल भनेपछि द्रवित हुने गर्छु ।
२०१४ सालमा काठमाडौंबाट पढाइ छाडेर आप्mनो गाउँ यासोक फर्किंदा पनि मलाई पाँचथरकै मायाले तानिरहेको थियो । सहर पढ्न आएका अरु युवकयुवतीझैंँ म पनि काठमाडौंमै जागिर खाएर बस्न सक्थेँ तर आफ्नै गाउँठाउँको विकास गर्नुपर्छ भन्ने चेतनाले प्रेरित भएर पाँचथर पुगेँ । गाउँको अवस्था अत्यन्त नाजुक थियो । त्यसबेला वारिपारि खबर आदानप्रदान गर्ने कुनै माध्यम थिएन । मैले आप्mनै पहलमा वरपरका खबरहरू थाहा होस् भन्ने उद्देश्यले चिठ्ठीपत्रहरू आदानप्रदान गर्न ‘सिद्धदेवी जनता हुलाक’ स्थापना गरेँ । त्यसताका हुलाक तेह्रथुममा मात्र थियो । तेह्रथुम जान–आउन बाटोघाटोको राम्रो सुविधा थिएन । तमोर नदीमा पुल बनेको थिएन । नुबुघाटबाट नाउ तरेर जानुपर्दथ्यो । हुलाक स्थापनापछि एकजना मेरो काका पर्ने लोकप्रसाद लावतीलाई आफैंले हप्ताको आठ रूपैंया दिएर यासोकको चिठ्ठीपत्रहरू संकलन गरेर तेह्रथुम पु¥याउने र उताबाट यासोकको चिठ्ठीपत्रहरू लिएर फर्कने व्यवस्था मिलाएँ ।
तेह्रथुम बजारमा शुक्रबार हाट लाग्थ्यो । लोकप्रसाद लावती यासोकबाट संकलित चिठ्ठीहरू लिएर शुक्रबार बिहान सबेरै तेह्रथुम जानुहुन्थ्यो । तेह्रथुमबाट यासोकतर्फका चिठ्ठीहरू छानेर बेलुका यासोक ल्याइपु¥याउनुहुन्थ्यो ।
मैले ‘सिद्धदेवी जनता हुलाक’ भनेर स्थानीय कर्ण विश्वकर्मालाई फलामको छाप बनाउन लगाएको थिएँ । तेह्रथुमबाट चिठ्ठीहरू आइपुगेपछि बेलुका सबै चिठ्ठीमा छाप लगाउथेँ । यासोकमा औंसी पूर्णिमामा बजार लाग्थ्यो । बजार लागेको समयमा चिठ्ठीहरू झोलामा राखेर बजारमै लगी सम्बन्धित व्यक्तिहरूलाई बजार घुमीघुमी जिम्मा लगाउथेँ । सम्बन्धित व्यक्ति नभेटेमा नजिकको मानिसहरूलाई चिठ्ठी बुझाउथेँ । मानिसहरू यो चिठ्ठी बाँड्दै हिँड्ने व्यक्ति को हो ? भनेर आपसमा कुरा गर्थे । कसैले यो मान्छे त सुब्बा शेरबहादुरको नाति हो भन्थे । यसैक्रममा जनसाधारणमा सम्पर्क विस्तार हुँदै गयो, सबैले चिन्न थाले । राजनीति गर्ने मानिसले जनसम्पर्क र सामाजिक सम्बन्ध निरन्तर बढाउनुपर्छ । यही सोचेर मैले चिठी बाँड्ने काम गरेको थिएँ । हुलाकी जस्तो भएको थिएँ ।
गाउँको विकासका लागि २०१६ सालमा सर्वप्रथम सिद्धनगर बजार कमिटी गठन गरेर बजार बसाउने कामको सुरूवात भयो । बमबहादुर सम्बाहाम्फेको रानीगाउँस्थित घरमा बसेर गठन गरिएको सिद्धनगर बजार कमिटीको सचिवमा म थिएँ भने सहयोगीहरूमा पूर्वमन्त्री नरेन्द्रकुमार प्रधान र बमबहादुर सम्बाहाम्फे हुनुहुन्थ्यो । बजार कमिटीले जग्गा किनेर राख्ने इच्छुक व्यक्तिहरूलाई रू. १५०।– मा घडेरी उपलब्ध गराउँथ्यो । यस क्रममा बजार कमिटीले धेरै जग्गा आप्mनो जिम्मामा लियो र घडेरी वितरण गर्न सुरु ग¥यो । यासोकलाई सकेसम्म चाँडो बजारको रूप दिने उद्देश्यले कमिटीमा बसेका सबैले अनिवार्य एउटा घर बनाउनुपर्ने नियम बनाएका थियौं ।
घडेरी किन्नेले किनेको मितिदेखि वर्ष दिनभित्रमा घर बनाइसक्नुपर्ने नियम राखिएको थियो । त्यसमा पनि मुख्य मानिसहरूले पहिला घर बनाउनैपर्ने भन्ने निर्णय गरेका थियौं । मैले दुईवटा घर बनाएँ, पछि दुईवटै घर लडेपछि फेरि अर्को घर बनाएँ । त्यो घर हालसम्म छँदैछ । नरेन्द्रकुमार प्रधानले पनि घर बनाउनुभयो । तर बमबहादुर सम्बाहाम्फेले घर बनाउनुभएन । यासोक बजारमा हालसम्म पनि उहाँले घर बनाउनुभएको छैन । बजार कमिटीमार्फत घडेरी किनेर घर बन्ने क्रम बढ्दै गयो । क्रमशः यासोकले बजारको रूप लिँदै गयो । आज त्रिभुवननगर यासोक बजार त्यस भेगकै प्रमुख व्यापारिक, प्रशासनिक थलो तथा पाँचथर २ नं. क्षेत्रको क्षेत्रीय सदरमुकामको रूपमा विकसित भएको छ ।
कुम्मायक (सिद्धथान–आमा) र कुसायक (देवीथान–छोरी) जस्ता देवस्थलको काखमा रहेको यासोक बजार (जसको पछि त्रिभुवननगर नामकरण गरियो) त्यसै बढेर गएको बजार होइन । यसको स्थापना र विकासमा विविध अनुभव र संघर्षका गाथाहरू गाँसिएका छन् । उदाहरण स्वरूप म गाउँ फकिर्नुभन्दा धेरै वर्षअगाडि यासोकको पुलिस चौकी बजार नभएको बहानामा मेहेलबोटे सारिएको थियो । मेहेलबोटेका गणेशप्रसाद रिजालका बुबा पण्डित जयनारायण रिजाल र मेरा बाजे सुब्बा शेरबहादुर लावतीबीच राम्रो सम्बन्ध थियो । पण्डित जयनारायण रिजालले बाजेलाई तपाईंकोमा आप्mनै पुलिस छन्, चौकीको आवश्यकता छैन, चौकी मेरो गाउँमा लैजानुप¥यो भनेर मागेका रहेछन् । बाजेले पनि हुन्छ भनेर स्वीकृति दिएपछि चौकी मेहेलबोटे सारिएको रहेछ । त्यतिबेला मेरो बाजेले आप्mनै पुलिस राख्नुभएको थियो । पुलिस जेठा, पुलिस माइला, पुलिस साइँला, पुलिस कान्छा, जगमान पुलिस नाम राखेर सानो फौज नै बनाएर राख्नुभएको रहेछ ।
बजार विस्तारको क्रममा सबैभन्दा पहिला लक्ष्मीनारायण निरौलाले घर बनाएर औंसी पूणर््िामामा पसल गर्न सुरु गरे । चौकी नभएको कारण पसलमा राति बस्न डराउँथे । म र बमबहादुर सम्बाहाम्फे पसलको सुरक्षा गर्न औंसी पूणर््िामाको राति डाँडामै सुत्थ्यौं । यासोकले बजारको आकार ग्रहण गर्न थालेपछि विस्थापित चौकीलाई पुनः यासोक फर्काउनेतर्फ पहल सुरु गरियो । चौकी भएको स्थान मेहेलबोटेमा नेपाली कांग्रेसको वर्चस्व थियो ।
२०१५ सालमा कांग्रेसको सरकार थियो । त्यसबेला मेहेलबोटेबाट यासोकमा चौकी सार्नु चानचुने कुरा थिएन । हामीले मेहेलबोटेबाट चौकी यासोकमा सारियोस् भनेर निवेदन दियौं, मेहेलबोटेबासीहरूले चाहिँ मेहेलबोटेमा रहेको यासोक चौकीलाई मेहेलबोटे चौकी नामकरण गराइयोस् भनेर निवेदन दिए । सर्जमिन गर्न मानिस आउँथे, सर्जमिन पनि हुन्थ्यो । हाम्रो पक्षमा ११५÷१२० मत पुग्थ्यो भने उनीहरूको पक्षमा १५÷१६ मत मात्र हुन्थ्यो ।
त्यसबेला बीपी कोइराला प्रधानमन्त्री, सूर्यप्रसाद उपाध्याय गृहमन्त्री, देवानसिंह राई गृहसहायकमन्त्री र गणेशप्रसाद रिजाल सांसद हुनुहुन्थ्यो । हाम्रो बहुमत भए पनि सर्जमिनको निर्णय कार्यान्वयन् हुँदैनथ्यो । यासोक–६ का पुजारी खलक र केही लावतीहरू पनि नेपाली कांग्रेसमा थिए । बजार बनाएर हाम्रो सन्धिसर्पन मिच्यौ, अब बनाएका सबै घर लडाइदिन्छौं भनेर उनीहरू हामीलाई बारम्बार धम्क्याउँथे ।
त्यस समयमा यासोक क्षेत्रको प्रशासन धनकुटाले हेथ्र्यो । धनकुटा गौंडामा मकरबहादुर वान्तवा बडाहाकिम हुनुहुन्थ्यो । यत्तिकैमा बडाहाकिम यासोकमा आउने अरे भन्ने हल्ला चल्यो । यो सुनेर हामी खुसी भयौं । उहाँको स्वागतको तयारीमा जुट्यौं । केही दिनमै बडाहाकिम आउनुभयो । उहाँको राम्रो स्वागत सत्कार, खानपान गराएपछि हाम्रा पीरमर्का सुनायौं । उहाँले म यहाँका विकासविरोधी सबैलाई ठीक गर्छु, कारबाही गर्छु भनेर भाषण गर्नुभयो । उहाँको भाषणपछि कांग्रेसहरू डराए, आप्mनो अडानबाट पछि हटे । मेरो विरोधमा निवेदन दिन आएकाहरू पनि भागे । अनिमात्र बजार विस्तार गर्न सहज भयो । प्रहरी चौकीचाहीँ २०१७ सालमा मात्र पुनस्र्थापना गर्न सफल भएँ ।
गाउँमा परम्परावादी सामन्ती मनोवृत्तिले जरा गाडेको थियो । त्यसको विरोधमा सक्रिय हुँदै नेतृत्वदायी भूमिका निर्वाह गर्दै अगाडि बढ्न थालेँ । हाम्रो गाउँ सुख्खाग्रस्त क्षेत्र भएकोले पर्याप्तरूपमा अन्न उत्पादन हुँदैनथ्यो । त्यतिबेलाका सीमित सामन्तहरूले गरिबहरूलाई चर्को मूल्य लिई अन्न बेच्ने गर्थे । त्यो समस्यालाई समाधान गर्ने उद्देश्यले धर्मभकारी स्थापना गरेर हरेक मंसिरमा २०० मुरी धान भकारीमा जम्मा गरेर लगत बनाई राखिन्थ्यो । उक्त धान जेठदेखि गरिबहरूलाई परिवार संख्या हेरी कसैलाई ५ पाथी, कसैलाई १० पाथी, कसैलाई १५ पाथीको दरले वितरण गरिन्थ्यो । यो कार्यलाई गरिब जनताले ठूलो राहत महसुस गरी निरन्तर सहयोग गर्दै लगे । यसले मेरो सामाजिक, राजनीतिक अवस्थालाई सुदृढ बनाउन ठूलो सहयोग पु¥यायो ।
जनतासँगै काम गर्ने र दुःखसुखमा सहभागी भइरहने आधारभूत चरित्र भएकाले मलाई आज पनि धेरैले माया गरेकै छन् । पद्मसुन्दर लावती भनेको सर्वसाधारण र जिल्लावासीका लागि निर्भीकतापूर्वक आवाज उठाउने मान्छे हो भन्ने धेरैले ठान्ने गर्छन् । परम्परागत कुरीतिहरूलाई क्रमशः हटाउँदै लाने उद्देश्यअनुरूप मेरो अध्यक्षतामा कुरीति निर्मूल समिति गठन गरियो । लिम्बू समुदायमा अक्तोबा बोक्ने, सोतरित खाने, सुनौली, कोसेली लिने जस्ता कुप्रथा व्याप्त थियो । त्यस्तो विकृति हटाउन निकै संघर्ष गर्नुप¥यो । जोडदार संघर्ष गरेपछि यस्ता प्रथा क्रमशः हटाउँदै लगियो तथापि केही कुरीतिहरू विद्यमान छन् । कुरीति दुईचार वर्षमै हट्ने विकृति होइन ।
श्री ३ जंगबहादुर राणाका पालादेखिका कतिपय कुरीति अझै पनि छन् । अमेरिका जस्तो प्रजातान्त्रिक र विकसित राष्ट्रमा पनि गोरा र काला जातिबीचको भेदभाव पूर्ण रुपमा हटिसकेको छैन । शिक्षा र संस्कारको संयोजनले मात्र कुरीति र विकृति हटाउन सकिन्छ भन्ने मलाई लाग्छ ।
त्यसबेला साहूहरूले गरिब जनतालाई आफूखुसी रकम लिई अन्न बेच्ने प्रचलन थियो । त्यसलाई नियन्त्रण गर्न खाद्य नियन्त्रण समिति गठन गरी जोडतोडका साथ काम गरेँ । केही सामन्तलाई प्रहरीको सहयोगमा थुनियो, केहीलाई सजाय पनि भयो । यसैक्रममा स्थानीय सामन्तहरूले भातपानी बन्द ग¥यो भनेर मेरो विरुद्ध रानीगाउँ–५ का इन्द्रबहादुर थापा र पूर्व उपमन्त्री देउमान आङदेम्बे लगायतले पाँचथर अदालतमा सातवटा मुद्दा दर्ता गरे । त्यतिबेला फिदिममा भर्खर सदरमुकाम स्थापना भएको थियो । अदालतमा लेखनाथ नाम भएका न्यायाधीश हुनुहुन्थ्यो । मुद्दा धाउँदाधाउँदै मानापाथीको भाउ कायम गर्न सफल भएँ र सात वर्षसम्म धाएर अन्ततः मुद्दा जितेँ ।
पढ्नुपर्छ भन्ने ज्ञान त्यो बेला सबैलाई थिएन । विकासको लागि शिक्षा अपरिहार्य हुन्छ भन्ने सिद्धान्तको आधारमा यासोकस्थित अमृत प्रा.वि.लाई सिद्धदेवी जनता मा.वि. बनाउने काम पनि भयो । गाउँमै गाउँलेहरूले १० कक्षासम्मको शिक्षा पाउने अवसरको निर्माण भयो । त्यसबेला छिमेकी गाउँ मेहेलबोटेमा मा.वि. थियो । मेहेलबोटे नेपाली काँग्रेसका नेता गणेशप्रसाद रिजाल, तेजप्रसाद रिजालको गाउँ भएकोले छिमेकी गाउँ यासोकमा माध्यमिक विद्यालय खोल्न चुनौतीपूर्ण थियो । थुप्रै चुनौती र बाधा खप्दै मा.वि. स्थापित भयो ।
यसरी यासोक डाँडालाई विस्तारै बजारको रूपमा विकसित गर्दै लगियो । यासोकको नाङ्गो डाँडा वृक्षारोपण गरेर हरियाली बनाइयो । यासोकमा खानेपानीको ठूलो समस्या थियो । ३७ हजार फिट टाढा आङसाराङको ओसाँघु भन्ने ठाउँबाट पानी ल्याएर यासोक बजारमा खानेपानीको व्यवस्था मिलाइयो ।
यासोकमा खानेपानी ल्याउँदा पनि मेहेलबोटेवासीले धेरै दुःख दिए । जग्गाधनीहरूलाई काँग्रेसले उचालेर खानेपानीमा अवरोध खडा गरे । त्यसबेला मेची अञ्चलमा एसपी पदमबहादुर मानन्धर हुनुहुन्थ्यो भने अञ्चलाधीश छिरिङ तेञ्जिङ लामा (आङबाबु) हुनुहुन्थ्यो । स्थानीय इन्स्पेक्टर श्यामप्रसाद उपाध्याय चाहीँ काँग्रेस समर्थक भएकोले हामीलाई असहयोग गर्दथे । अञ्चलाधीश र एसपीको सहयोगमा केही पानी मेहेलबोटेवासीलाई दिने सर्तमा सहमति भयो । हामीलाई असहयोग गर्ने इन्स्पेक्टरलाई पछि कारबाहीसमेत भयो । कठोर संघर्ष गरेर खानेपानीको व्यवस्था मिलाएपछि अफिसहरू स्थापना हँुदै गए । हुलाक, स्वास्थ्यचौकी, कृषि सेवाकेन्द्र, प्रहरीचौकी, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, रेञ्जर अफिस, साझा, खाद्य डिपो, आकाशवाणी (आ.वा.) का शाखाहरू क्रमशः स्थापना गर्दै लगियो ।
(स्वाः लावतीको जीवनीमा आधारित ‘मेरो देश मेरो परिवेश’ पुस्तकमका अंश)

Published On: Time : 5:57:51

तपाईको प्रतिक्रिया