नेपाली साहित्यमा कविता जतिकै पुरानो विधा हो मुक्तक । मुक्तकलाई कविताको लघुतम विधाको रुपमा समेत ब्याख्या गरिने गरीएको भएता पनि नेपाली साहित्यमा यसको विधागत विशेष उपस्थितिका साथै छुटै अस्तित्व र पहिचान रहेको छ । नेपाली साहित्यको भण्डारमा मुक्तक अमुल्य मणी हो भन्दा अतियुक्ति नहोला । नेपालीमा तत्समीकृत भएर आएको मुक्तक लयात्मक, अन्त्यानुप्रास साथै श्लोक शैली धारण गरेको पाइन्छ । मौखिक गीतिपरम्पराबाट हुर्किएका नेपाली मुक्तकको लेख्य परम्परा १८ औँ शताब्दीको तेस्रो दशकबाट प्रारम्भ भएको पाईन्छ । मुक्तक लेखन प्रारम्भ भएको निकै लामो समय पश्चात अर्थात २० औँ सताब्दीको तेस्रो दशकमा मात्र विशेष फुल्ने फल्ने मौका पाएको देखिन्छ । नेपाली साहित्यमा अहिले गजलको जुन उत्साह जनक उपस्थिति छ । मुक्तकको लागि त्यो समय २०३५ वरीपरिरहेका थिए ।
नेपाली साहित्यका प्रारम्भकालिन कवि भानुभक्त आचर्य हुदै मोतिराम भटरार्इृ त्यसपछि लेखनाथ पौडेल, लक्ष्मिप्रसाद देवकोटा, बालकृष्ण सम, भीमनीधि तिवारी, भूपि शेरचन जस्ता पायः सबै कविहरुले मुक्तकमा कलम चलाएको पाइन्छ । तीस चालिसको दशकमा जस्तो मुक्तक लेखनको उचाई यतिवेला नभएपनि युवाहरुको उत्साह भने घटेको छैन । त्यसको उदाहारण युवा कवि टंक सेलिङले पेश गरेका छन् । उनले भर्खरै रहर नामक मुक्तक संग्रह बजारमा ल्याएका छन् । लघुतम विधा, थौरै शब्दबाट अर्थहरुको फराकिलो क्षितिज विमोचन गर्नु यसको विशेषता भएकाले पनि यो विधाको आकर्षणमा कमि नआएको हो । प्रविधिले विश्वलाई एउटा गाउँमा अनुवाद गरीरहेको अवस्था र ब्यस्त जीवन शैली यी दुवै परिवेशलाई सजिलै सम्बोधन गर्न सक्नुले डार्विनको प्रकृतीले सक्षम बस्तुलाई छान्दछ भन्ने सिदान्तको सार्थकता झल्किन्छ ।
पच्छिलो पटक शसक्त युवा मुक्तककारको रुपमा देखा परेका टंक सेलिङको रहर प्रकाशनलाई कृतिगत उपस्थितिको निरन्तरता र नेपाली मुक्तक भण्डारमा थपिएको एक ईटाको रुपमा लिनुपर्छ । पाँचथर जिल्लाको ओयाममा जन्मिएका सेलिङको विद्यालयतहबाटै साहित्यमा विशेष रुचि रहेको थियो । सेलिङले आधा दर्जन हवाइृ तथा साहित्यिक पत्रिका सम्पादन गरीसकेका छन् । पढाईमा समेत तिखर सेलिङ त्रिभुवान विश्वविद्यालय रसायत शास्त्र स्नाकोत्तर तहका विद्यार्थी हुन । यस कृतिको प्रकाशनले टंक विश्वविद्यालयको ल्याबमा बसेर रसायनिक कम्बिनेस गर्न जति सिपालु छन् । दुखिरहेको मुटुमा भावनात्मक इथर पत्ता लगाउन त्यो भन्दा पारङ्गत छन् भन्ने पुष्टि भएको छ ।
रहर प्रकाशन साहित्यको कुकुरे रहर मात्र नभएर जीवन बाँच्ने रहरहरुको परावर्तनको रुपमा आएको लेखक दावी गर्छन । जीवन बाँच्नको लागि रहर चाँहिन्छ यो संसार बाँच्न चाहानेहरुकै हो । संग्रहमा समाहित ५१ ऋोटा मुक्तकहरुले होलसेलमा यसै भने पनि विशिष्टिकृत गरेर हेर्दा कैयन विषय बस्तु भाव, आग्रह, विद्रोह, ब्यङ्य, माया, प्रेम, विछोड, असहमती गुनासा र अभिलासाहरुको संयोजन भन्न सकिन्छ ।
रचनागत शल्पि र विषयवस्तुको प्रस्तुतिका हिसाबले पनि सेलिङका मुक्तक उत्कृष्ठ रहेका छन् । मान्छेको छेपारे चाललाई ब्यङ्य कसिएको एउटा मुक्तक
गेरु बस्त्र लाउँदैमा, जोगी भईन्न
एक दुई आसन गर्दैमा योगी भईन्न ।
त्यस्तै नेपाली राजनीतिको चरित्र र छिमेकी शक्तिराष्टहरुको पछिलाग्ने नेपाली राजनीतिक दल र राज्यसत्ताको चरित्रको विरोधमा ओकलिएका ज्वालाका लप्काहरु
रगतको खोलासंगै, राज्य सत्ता पाउनेहरु
नेपालीलाई नसम्झेर, नयाँ दिल्ली धाउनेहरु
होसियार भई बसे हुन्छ सामन्तीका अनुयायी
दिउँसै राँको बाली, रातमा देश देख्नेहरु
सेलिङका मुक्तकहरु तमोरका कञ्चन पानी जस्तै छन् । जति पीए पनि प्यास मेटिदैन । “विहानीले दिनको संकेत गर्छ” यो आहान सार्थकता देखिन्छ । यो संग्रहमा मान्छे जन्मिएर लामो जीवनमा भोगेका अनन्त अकाली ओरालीहरु संक्षेपीकरण गरीएका छन् । विज्ञानका विद्यार्थी भएकाले ठाउँठाउँमा विज्ञानसंग सम्बन्धीत शब्दवालीहरुको प्राकृतिक प्रयोगले सुनमा सुगन्ध छाएको छ । यति हुदाँ हुदै पनि हरेक चिज अपुर्ण हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्ने हो भने त्यो यहाँ पनि लागू हुन्छ । कतिपय मुक्तकमा शिल्प शैलीको अभाव रहेको छ भने केही मुक्तकमा विषयबस्तुको प्रासङ्गिकतामा तादम्यता पाईन्दैन । बाहेक उज्यालो भविष्य चमचमाई रहेका छन ।