गायिका मिरा तामाङको आवाजमा तिज गीत ‘जाम कि नजाम भो’ भिडियो सहित

काठमान्डौँ । नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर गदैँ गायक कृष्ण काफले र गायिका मिरा तामाङको आवाजमा सजिएको “जाम कि नजाम भो ” गीतको भिडियो बजारमा आएको छ ।

कृष्ण काफलेको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतको महेश पुनको एरेन्ज तथा मिक्सिङ कृष्ण पुनले गरेका छन । मौलिक रुपमा तयार पारिएको गीतमा चेली को मनको पिडालाई समेटिएको छ । गीतका शब्दहरु मौलिक सिर्जनाको विकाश गर्नुपर्ने आधार मा तयार गरिएको छ । चेलीले भोगेको पिडा र उसको परिवारसगँको आपसी मायालाई गीतमा समेटिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका मिरा तामाङले बताइन ।
दुर्गा पौडेलको छायाँकन , नविन घर्तिमगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन तथा माधव श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ । “जाम कि नजाम भो ” गीतको भिडियोमा मिरा तामाङ र कृष्ण काफलेको अभिनय तथा नृत्य रहेको छ ।

 

Published On: Time : 16:34:26  215पटक हेरिएको

तपाईको प्रतिक्रिया