“उड्यो चरी पूर्वेली लोक लयमा आधारित गीत सार्वजनिक

काठमाण्डौं । आधुनिक देवान र राधा लिम्बूको स्वर रहेको पूर्वेली लोक लयमा आधारित गीत “उड्यो चरी” को भिडियो सार्वजनिक भएको छ । सिसमयोगी देवानको शब्द तथा संगीत रहेको गीतको भिडियो बिभिन्न टेलिभिजन र इक्च् डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

पारिवारिक बिछोड,परदेशीको पीडा र व्यथा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा ध्रुब राई, सीता याखा र कृति गौतमलाई फिचरिङ गरिएको छ । नेपाली चलचित्रका निर्देशक शिव शर्मा (कँडेल) को निर्देशन, प्रवेश पोख्रेलको छायाँकन र दुर्लभ श्रेष्ठको सम्पादन रहेको सो म्यूजिक भिडियो बैदेशिक रोजगारीका निम्ति आफ्नो परिवार छाडेर विदेशिनु कति पीडा हुन्छ भन्ने मार्मिक तथा यथार्थपरक जीवन कथा देखाइएको छ

 

Published On: Time : 16:46:00  585पटक हेरिएको

तपाईको प्रतिक्रिया