बिष्णु माझि र विनय खत्रीको स्वरमा “मृत्यु सैया” बजारमा

मंसिर १८ काठमान्डौं । नेपाली गीत संगीतमा पछिल्लो समयमा सर्वाधिक रोजाईमा पर्न सफल गायिका विष्णु माझी र गायक विनय खत्रीको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत “मृत्यु सैया” सुभारम्भ डिजिटलको अफिसियल युटुब मार्फत बजारमा आएको छ । विछोडको तडपाइएमा मायामा पागल हुने प्रेमी प्रेमिकाको भोगाईलाई गीतमा समेटिएको छ । मृत्युको शैयामा रहदाको अवस्थामा पनी मायालुको यादमा तडपिनु पर्दाको पीडालाई गीतमा समेटिएको छ । नेत्र अर्याल र माधव खनालको शब्द तथा नेत्र अर्यालको संगीत रहेको छ । गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका छन भने यस गीतलाई सागर गौतमले छायाङ्कन गरेका छन, सम्पादन दिपक विष्टले गरेका छन् भने निर्देसक काजिश श्रेष्ठले गरेका छन । गीतमा बिपेश घिमिरे र आशा खड्काको अभिनय रहेको छ ।
Published On: Time : 9:55:15  211पटक हेरिएको

तपाईको प्रतिक्रिया