नेपाली कथानक चलचित्र बल्छी धुर्बेको शुभ साइत सम्पन्न

मंसिर १४, काठमाडौं । लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘बल्छी धुव्रे’ को शुभ मूर्हुत गरिएको छ । चलचित्रको छायाँकन काठमान्डौँ लगायत नेपालका विभिन्न भागहरुमा गरिने सो कार्यक्रममा जानकारी दिइएको थियो ।

चलचित्रमा आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुन मगर, रामशरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापती, लालप्रसाद सापकोटा र दिपक भण्डारीलगायतको मुख्य भूमिका निर्माण समितिले रहेको छ । चलचित्रमा बाल कलाकारको रुपमा युना खड्का र समिर प्रजापतिको अभिनय रहने छ । केदार मल्लको लेखन तथा निर्देशन, शंकर अधिकारी घायलको गीत, पटकथा तथा सम्वाद र केदार मल्लको संगीत एवम राजेश कुमार श्रेष्ठ, संजय हमालको एरेन्जमा रहेको गीत चलचित्रमा समावेश गरिने भएको छ । चलचित्रलाई दिलिप कहरको छायाँकन, विवेक थापा र राजन मर्हजनको नृत्य रहने भएको छ ।

Published On: Time : 9:32:33  67पटक हेरिएको

तपाईको प्रतिक्रिया