कन्दरा ब्याण्डको पुनरागमन हुँदै

मंसिर १३, धरान । नब्बेको दशकमा अत्यन्तै चर्चित ब्याण्ड कन्दरा आफ्नो अढाई दशकको सांगीतिक यात्रा पछि अहिले आएर पुन सांगीतिक यात्रामा पुनरागमन हुने क्रममा लागेको छ ।

गत बर्षको धरान, दमक, बिर्तामोड र बुटवल को सफल सांगीतिक यात्रापछि हौसिएको लोक पप ब्याण्डको रुपमा परिचित कन्दरा ब्यान्डले आफ्नो अफिसियल युट्युब च्यानलमा आफ्ना पुराना संगै नया गीतहरु ल्याएर दर्शक (श्रोताहरुको उत्तिकै माया बटुलिरहेका छन् । अहिलेको नया पुस्तामाझ पनि कन्सर्ट, सोसलमिडियाबाट राम्रो प्रतिक्रिया पाइरहेको कन्दरा ब्यान्डले पुराना अत्यन्त चर्चित गीत हरु “तिमी पारी त्यो गाउंमा” र “लेक कि हे माया”

कृपा अनप्लग्डको नया श्रंखलामार्फत युट्युबमा भर्खरै रिलिज गरिएको छ । ९० को दशकको यो दुई गीत कन्दरा को करियरकै उत्कृस्ट गीत मानिन्छ । रिलिज को ३÷४ दिनमा नै युट्युबमा लाख बढी भ्युअर्स संगै राम्रो प्रतिक्रिया पनि पाइरहेकोमा पहिलो एल्बम निकाल्दा जतिको जोश बढेर आएको कन्दराका मुख्य गायक बिबेक श्रेष्ठ बताउँछन् ।

नेपाल मा लाइभ साङ्गीतिक प्रस्तुतीलाई अर्कै उचाईमा लैजान कृपा अनप्लग्डको बिशेष भूमिका छ । जसको कारण यही कार्यक्रम को लागिी ब्यान्डका गायक बिबेक श्रेष्ठ अष्ट्रेलियाबाट नेपाल आएपछि ब्यान्डसँग प्रतयक्ष् प्रस्तुत भएका थिए । विगत २७ बर्ष देखी कन्दरा नेपाली संगीतमा अनवरत लागिरहेको छ । नेपाली संगितमा विशुद्ध र सरल शब्द, संगिी र स्वर् को सम्मिश्रण गर्ने कन्दरा ब्यान्ड चाँडै नै देशब्यापी सांगीतिक यात्राको तयारीमा समेत रहेका छन् । कन्दराको हङकङ पोखरा, तगारोमा रुमाल राखी, चन्चले कान्छी, डांडापारी, बिदेसिएर गईन उनि, फुल्चोकीको डाँडैमा लगायत का अन्य गीतहरु पनि अत्यन्तै चर्चित छन।

Published On: Time : 10:29:43  102पटक हेरिएको

तपाईको प्रतिक्रिया