फिल्म लागि साडे तीन लाख पुरस्कार राखेर प्रतियोगिताबाट स्क्रिप्ट खोजिदै


काठमाण्डौ । ब्ल्याक आईज क्रियसनले स्क्रिप्ट राइटिङ कम्पिटिसन ९स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस्० आयोजना गरेको छ । आफ्नो मेगा प्रोजेक्ट चलचित्रकोको लागि नयाँ कथा खोजिरहेको आयोजक कम्पनिले कम्पिटिसन हुने विजेतालाई तिन लाख तेत्तीस हजार तिन सय तेत्तीस पुरस्कार दिने घोषणा समेत गरेको छ । कम्पिटिसनमा लभ स्टोरी कथामा लेखेका स्क्रिप्ट सहभागी हुन् सक्ने छन् ।

नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरी प्रतियोगिता आयोजना गरिएको आयोजक सस्थाले बताएको छ । पर्तिस्पर्धामा सहभागी हुन् चाहानेहरुले आफ्नो स्क्रिप्ट Blackeyecreation@gmail.com मा पठाउनु पर्नेछ । स्क्रिप्ट पठाउने समय २०२१ अप्रिल २१ रहेको छ ।

Published On: Time : 12:32:28  196पटक हेरिएको

तपाईको प्रतिक्रिया