अमेरिकामा रहेकी आभा नोष्टाजिया बन्दै भन्छिन् ‘चरी फर्किने आखिर गूड नै त हो’ (भिडियो कथा)


काठमाण्डौ । कता हिडेको, कस्लाई खोजेको, पानी झै संग्लो, आकाश झै अग्लो, भयो परपर, नझार आँशु लगायत दर्जनौ चर्चित गीतका गायिका आभा मुकारुङ केहि बर्षदेखि अमेरिका बस्दै आएकी छिन् ।
भर्खरै उनको अफिसियल यूट्युब च्यानल आभा एरा मा एउटा भिडियो कथा सार्वजनिक भएको छ । गायिकाको बाल्यकालका केहि अनुभव र पछिल्लो अवधिका केहि सांगीतिक यात्राहरुलाई पहिलो शृंखला नाम दिएर प्रस्तुत गरिएको छ ।
४५ मिनेट लामो भिडियो संस्मरणमा बाल्यकाल, सांगीतिक जीवनको सुरुवाती चरण, सफलता र अमेरिका लगायत विभिन्न मुलुक पुग्दाका केहि भिडियो फुटेज समेत समेटिएको छ । निक्कै नोष्टाजिया भएर तयार पारिएको यो संस्मरण सोनिका मुकारुङको मिठो आवाजले झन सिंगारिएको छ ।
मान्छे जहाँजहाँ गएपनि आखिर जन्म थलो नै प्यारो लाग्दो रहेछ । धर्तिमा पहिलोपाईला टेक्दा टेक्दै सुनेको आफ्नो मातृभाषा नै प्यारो हुँदो रहेछ भन्ने सन्देस दिन खोजिएको छ ।
आखिर चरि फर्किने गुड नै त हो यो भिडियो कथाले आभालाई नजिकबाट चिन्न मदत गर्नेछ ।

Published On: Time : 8:07:52  1480पटक हेरिएको

तपाईको प्रतिक्रिया