भूपाल राई भन्छन् ‘कालापानी लुट्ने कस्तो छिमेकी’ (भिडियो सहित)

काठमाण्डौ २३ कार्तिक । भारतले भर्खरै जारी गरेको आफ्नो देशको नक्सामा नेपाली भूमि समेत समावेश गरेपछि ब्याक अफ इण्डिया आन्दोलन चलिरहेको बेला वरिष्ठ कवि तथा गीतकार भूपाल राईको महोल तताउने गीत वैरी छिमेककी सार्वजनिक भएको छ ।
सेवाढोग अनलाइन युट्युब च्यानलबाट शुत्रबार सार्वजनिक भएको यो राष्ट्रबादी गीत छोटो समयमै निक्कै रुचाइएको छ । पहिचान, स्वाधिनता, स्वाभिमान र भुइमान्छेहरुको बारेमा सशक्त कलम चलाउँदै आएका राईले यस गीत मार्फत हेपाहा छिमेकीको कडा निन्दा गरेका छन् ।
पाँच मिनेट लामो यस गीतमा गयकदय रुपकुमार राई र क्रन्काइस्ट राईको स्वरमा रहेको छ । मनोज राईले सम्पादन गरेका छन् ।
दर्शकहरुले कालजयी गीत सही समयमा प्रस्तुत भएको भन्दै कमेन्ट बक्समा धन्यवाद व्यक्त गरेका छन् ।

पुरा गीत

छिमेकी
छिमेकी
कस्तो छिमेकी
बराबरको मर्म मेटी
कालापानी रेटी रेटी
लुट्ने वैरी कस्तो छिमेकी

छिमेकी
छिमेकी
कस्तो छिमेकी

कति भने इमान साँच आफ्नै मानापाथी बाँच
मर्यादाको सिमा भित्र नाँचे आफ्नै घरमा नाच
छिमेकीको अर्थ यहि हो
अन्तिम चोटी बुझाइ्न्छ
बुझाइन्छ है ।
स्वभिमानका खुँडाहरु अब फेरि उध्याइन्छ
मझेरीमा दिउँसै छिरी
सुस्ता छाती चिरी चिरी
हाँस्ने वैरी कस्तो छिमेकी

छिमेकी
छिमेकी
कस्तो छिमेकी

एकै दमको आगो हामी एकै हैसियतको पानी
तर बन्दी बिरालोलाई नजिस्क्याउन सानो ठानी
त्यो महंगो खेल हुन्छ
अस्तित्वको त्यस्तो मुद्दा
त्यस्तो मुद्दा है

ज्यूदाँ जाति हार्ने छैनौ स्वाधिनताको अन्तिम युद्ध
सबको ठालु मै हु भनि
मेचीकाली बल्छी हानी
लु्छ्ने वैरी कस्तो छिमेकी

बराबरको मर्म मेटी
कालापानी रेटी रेटी
लुट्ने वैरी कस्तो छिमेकी

छिमेकी
छिमेकी
कस्तो छिमेकी

Published On: Time : 4:12:32  819पटक हेरिएको

तपाईको प्रतिक्रिया