दुई दर्जन कलाकारको सहभागितामा कोरियामा ‘नेपाल सांस्कृतिक महामेला’ हुने


काठमाडौं, २६ भदौं । राष्ट्रिय संगीतकर्मी संघले पर्यटन वर्ष–२०२० लाई लक्षित गरि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । संघले कोरियामा सेप्टेम्बर १५–१६ नेपाल सांस्कृतिक महामेला आयोजना गर्न लागिएको कुरा बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
“भिजिट नेपाल–२०२०” लाई लक्षित गरेर उक्त कार्यक्रम कोरियाको राजधानी सेओलमा गर्न लागिएको आयोजकको भनाई छ । संघकाअनुसार उक्त कार्यक्रम नेपाल र कोरियाको सांस्कृतिक झल्काउने हिसाबले गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा संघका महासचिव विक्रमजंग शाह, घमेश दुलाल (संस्थापक अध्यक्ष), यम बराल (सल्लाकार तथा वरिष्ठ गायक), श्याम धिताल (उपाध्यक्ष), होमराज सुवेदी, सुलेमान शंकर (इकु) ले कार्यक्रमलाई सफल बनाउन सबैको साथ सहयोग चाहिने कुरा व्यक्त गर्दै गरेका थिए ।
सरकारद्वारा घोषणा गरिएको नेपाल भ्रमण वर्र्ष–२०२० लाई सफल तुल्याउन सम्पूर्ण संगितकर्मी र मिडिया जगतले साथ दिनुपर्ने र यो दायित्व पनि भएको संघको भनाई छ ।
कार्यक्रममा कोरियाका ख्यातिप्राप्त कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ । त्यस्तै, कोरियामा बस्ने नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ । उक्त महामेलाको लागि दुई दर्जनभन्दा बढि कलाकार कोरिया जाने भएका छन् । नेपालमा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले यो कार्यक्रम संचालन गर्न लागिएको छ । कोरियामात्र नभई अमेरिका र क्यानडाजस्ता अरु थुप्रै देशमा पनि संघले यस्तै खालको सांगीतिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
कार्यक्रममा गायक यम बरालले आफूहरु गर्वसाथ कार्यक्रममा भाग लिन जाने र कार्यक्रम सम्पन्न भएपछि गर्वसाथ नै फर्केर आउने विश्वास दिलाए । धेरै दुःखकष्ट गरेर संघ आफैंले कोरियाका विभिन्न संघ संस्थासँग सहकार्य र सम्झौता गरेर आयोजनाको व्यवस्था गरिएको बताइएको छ ।
कार्यक्रममा कोरियन कलाकार र नेपाली कलाकारहरुको उपस्थिति रहनेछ भने दुवै देशका संस्कृति झल्किने विभिन्न किसिमका गीत प्रस्तुत गरिने छन् ।
कार्यक्रमको मुनाफा अनाथ बालबालिकालाई खर्चिने पनि आयोजकले जनाएको छ । संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीका अनुसार कलाकार सुलेमान (इकु) ले अहिलेसम्म धेरै अनाथ बालबालिकाहरुलाई आफ्नो आश्रय दिएका छन् ।
उक्त कार्यक्रममा गायक यम बराल, कलाकारहरु क्रमशः सुलेमान “इकु”, प्रकाश कटुवाल, आस्था राउत, राजेन्द्रकुमार कार्की, अमृत खाती, सिर्जु अधिकारी, प्रकाश दास, रवि ओड, नवराज ढुङ्गाना, उमा श्रेष्ठ, सन्ध्या सानु, सिर्जना खनाल, कुमार कार्की, डिवी लोप्चन, शान्त शिशिर, राम थापा शिशिर, राजकुमार हुमागार्इँ, श्रीदेवी देवकोटालगायत कलाकारको सहभागिता रशने आयोजकको भनाइ छ ।

Published On: Time : 4:17:54  356पटक हेरिएको

तपाईको प्रतिक्रिया