लिम्बू चलचित्र ‘छुइयाहा’ को शिर्ष गीत रेकर्डिङ

काठमाडौ १६ भदौ । लिम्बू भाषा, कला, संस्कृतिमा आधारित  लिम्बू कथानक चलचित्र ‘छुइयाहा’ को शिर्ष गीत रेकर्डिङ सकिएको छ । सोमबार काठमाडौ अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको छ । गीत बुद्धराज लिम्बूले संगीत गरेका छन् । आगामी जनवरी 2020 देखी पान्थर, तेह्रथुम र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक स्थलहरुमा छायांकन हुने चलचित्र देवी जवेगूले निर्माण गर्न लागेका हुन । सागर केरुङ्को लेखन निर्देशन रहेको चलचित्रको कलाकारहरुको छनौट प्रक्रिया चलिरहेको निर्माता जबेगूले बताए ।

Published On: Time : 5:48:25

तपाईको प्रतिक्रिया