प्रतिभा बनिन् मिस टिन २०१९


थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ कोे उपाधि जितेका छिन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जितेकी हुन् । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधि प्रतिभाले पाएको आयोजकले जनाएको छ । सल्लेरीको एक निजी विद्यालयमा एसइई उत्तीर्ण गरेकी प्रतिभा काठमाडौँको ग्रामर कलेज कोटेश्वरमा विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत छिन् । राईले उपाधि जितेसँगै सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिनुभएको छ । रिबन इन्टरटेनमेन्टद्धारा आयोजित उक्त प्रतियोगितामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएको बताउने राईले आफ्नो रुचि मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउन लाग्ने प्रतिक्रिया दिइन् ।

Published On: Time : 4:54:55

तपाईको प्रतिक्रिया