नम्रताको ‘जाइरा’ आजबाट प्रर्दशन

काठमाण्डौ । स्टार नम्रता श्रेष्ठको चलचित्र जाइरा ले प्रर्दशन सुरु गरेको छ । शुक्रबारे रिलिज अन्तर्गत आज रिलिज भएको हो । यस चलचित्रले सोलो रिलिजको मौका पाएको छ ।

सदावहार लभर गर्लको छवि बनाएकी नम्रता जाइरामा भने फरक अवतारमा प्रस्तुत भएका छन् । जाइरा उनका एक्सन अवतार देख्न पाइने छ । उनले यस चलचित्रमा एक बक्सरको भूमिका निर्वाह गरेकी छिन् ।

अनुपबिक्रम शाहि, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, प्रमोद अग्रहरी, सुजाता श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ यस चलचित्र आशुतोष श्रेष्ठले निर्देशन गरेका हुन ।

नम्रता श्रेष्ठको लगानी रहेको चलचित्रमा प्रसन्न गोपाली कार्यकारी निर्माताको रुपमा रहेका छन् । आशुतोष र निरज महर्जनले लेखेका हुन ।

Published On: Time : 12:42:49

तपाईको प्रतिक्रिया