‘राई इज किङ्’ राजेश पायल राईको नयाँ गीत सार्वजनिक

काठमाडौँ, १ भदौ । कोही मान्छे ठुला र बडा कोही धर्म मनको कोही मान्छे गर्छन कुरा धनको कोही ज्यानको । ‘राई इज किङ्’ राजेश पायल राईको स्वरमा सदावहार गीत सार्वजनिक भएको छ । ‘कोही मान्छे’ बोलको उक्त गीतका शब्द मिरादेवी राई  र संगीत उत्तम राईको रहेको छ । गीतको संयोजन पदम राजन मगर र मिक्सिङ मुस्कान मुकारुङ गरेका हुन् भने सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । संगीतकार उत्तम राईले छिनभरमै दर्शक बटुल्नेभन्दा पनि सदावहार गीतले लामो समय बजार खाने भएकोले यस्तो गीत बनाइएको बताए । वर्षौदेखि चलिआएको सामाजिक कुरालाई समाजलाई सन्देश पनि दिन खोजेका पनि संगीतकारले बताए । भिडियोमा गायक राजेश पायल राई, गीतकार बिष्णु पोल्वाङछा राई र संगीतकार उत्तम राईलाई देख्न सकिन्छ । यस गीतलाई छायांकन, सम्पादन जीवन मुकारुङले गरेका हुन् । निशा राईको निर्माण रहेको यस गीतलाई एसएम नेपाल युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो ।

Published On: Time : 7:42:44  432पटक हेरिएको

तपाईको प्रतिक्रिया