पटकपटक टुक्रिएर बलैले बाँचेको एउटा जीवन्त प्रेम कथा ‘थोली प्रेमा’

काठमाण्डौ । केहिदिन यता लगातार एउटा हिन्दी फिल्म नेपाल युट्युब टे«ण्डिङमा छ । त्यो फिल्मको नाम हो थोली प्रेमा । प्रेम कथा मन पराउनेका फिल्मप्रेमीका लागि यो निक्कै उत्कृष्ट फिल्म हो । प्रेम कथा खास गरि युवाहरुले धेरै रुचाउँछन् । युट्युबको धेरै प्रयोगकर्ताहरु पनि युवा छन् । त्यसमा पनि कलेज लभ भने पछि युवाहरु क्रेजी हुने नै भए ।
अगष्ट ४ मा युट्युबमा अपलोड भएको यो फिल्म ८ दिनमै २ करोड ६६ लाख बढीले हेरि सकेका छन् । भरुन तेज र राशाी खन्नाको मुख्य भूमिका रहेको छ ।
पटक पटक टुक्रिएर बलैले बचेको प्रेम कथा नै दर्शकलाई डोराइ राख्ने यो फिल्मको मन्त्र हो । आदि र बर्षाको पहिलो भेट ट्रेनमा भएको हु्न्छ । उनीहरु त्यहि नजिकीन्छिन । तर बर्षाले आदी निदाएको बेला छोडेर जान्छ । पछि कलेजमा पुन भेट हुन्छ । भित्रभित्रै दुवैले मन पराएको भए पनि भन्न सकिरहेको हुँदैन । सिनियरहरुको रुग्ण व्यवहारका कारण पनि बर्षा खुल्न सक्दैन । तर एक दिन सयाँैको माझमा उनले आदीलाई आइलभ यु भन्छ । सायद अप्ठ्या बीच यो शब्द नै एउटा प्रेमीको लागि महान हु्न्छ । पछि एक जना छुद्र सिनियरका कारण झगडा हु्न्छ । आदीले मारपीट गर्छन । प्रशासनसम्म पुग्छ । त्यति बेला प्रिन्सिपलका अगाडी बर्षाले आदीलाई नबचाएकोमा उनीहरुको झगडा हुन्छ र ब्रेकप हुन्छ ।
यहिबाट फिल्मको कथाले भिन्नै मुड लिन्छ । आदी र बर्षाकोपछि लण्डनमा काम गर्ने सिलसिलामा भेट हु्न्छ । बर्षा कयन पटक नजिकीन खोजे पनि आदीको रुखो व्यवहारका कारण मिलन हुन सक्दैन । प्रिन्सिपलको अगाडी साथ नदिएपछि बर्षाको मनमा म छैन भन्ने लागेको हुन्छ ।
नचाहादाँ नचाहादै नजिक हुने परिस्थिति निर्माण हु्न्छ । नजिक पनि हुन्छ तर एक पटक पछडीबाट बर्षाले सुनिरहेको बेला आदीले आफ्ना साथीहरुलाई आफ्नो मनमा बर्षा छैन भन्छ । यहिबाट बर्षाको मन अन्तिम पटक टुक्रिन्छ । उनीहरु अलगिन्छन् ।
जब आदी आफ्नो आमालाई भेट्छ । बर्षाले कैयन पटक आमासंग भेटेर कुराकानी गरेको थाहा पाएपछि फेरि उनका मनमा बर्षा प्रति प्रेम सदभाव जाग्छ र उनीलाई खोज्न् डौडिन्छ । उनीहरुको भेट पनि हुन्छ । यसरी पटक पटक टुक्रिएको मन अन्तिममा जोडिन्छ ।

फिल्म हेर्नुहोस

 

Published On: Time : 12:54:59

तपाईको प्रतिक्रिया