‘कपुरकोटमा भेट्न आउ सानु’ (भिडियो सहित)

काठमान्डौँ । नेपाली लोक दोहोरी गीतको संरक्षणमा निरन्तर लागी परेका गायक तुलाराम डाँगी र गायिका मालती खरेलको आवाजमा ”कपुरकोटमा भेटन आउ सानु” गीतको भिडियो सार्वजनिक भएको छ ।

आफ्नी मायालुको यादमा जीवनभर सताउने गरेको कुरालाई गीतमा समेटिएको छ । आफनी मायालुलाई कपुरकोटमा भेटन आग्रह गरेका छन । आफनो जीवनको प्राण प्यारो मान्छेलाई भेट्नको लागी आफु निकै हतारिएकी छन गायिका मालती । तुलाराम डाँगीको शब्द तथा कमल ज्योतीको लय सिर्जना गीतमा रहेको छ ।

सागर गौत्तमको छायाँकन , रोशन धितालको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियो तयार भएको छ । ”कपुरकोटमा भेटन आउ सानु” गीतको भिडियोमा रेश्मा अरुणा , भुपु र कविताको अभिनय रहेको छ ।

Published On: Time : 6:09:24  238पटक हेरिएको

तपाईको प्रतिक्रिया