नौबागेको तीज गीत ‘सेल्फी खिच्ने हो, सार्वजनिक

  नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा गायक तथा मोडल बिजेन्द्र नौबागेको तीज गीत ‘सेल्फी खिच्ने हो, बोलको गीत लिएर आएका छन् । दशकदेखि निरन्तर संगीतमा लागेका र मोडलिङसङ्गै शब्द सृजना गरिरहेका र लोक दोहोरी गीत व्यस्त गायक तथा मोडेल नौबागेले यति बेला तीजलाई लक्षित गरि सेल्फी खिच्ने हो गीत बजारमा ल्याएर आएका छन् । यो गीतमा अनिता राणाले स्वर साथ दिएका छन् । यस गीतको भिडियोमा सुजन लामाले निर्देशन गरेका छन् भने मोड्लिङमा स्वयं आफै र एलिना लिम्बूको अभियान साथै क्यामेरामा जनक राज अधिकारीको छायांकन रहेको छ । प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् । यसलाई एक्टिभ इन्टरटेन्डमेन्ट प्रा।लि। को ब्यानरमा सार्वजनिक गरिएको छ ।
Published On: Time : 7:50:01  468पटक हेरिएको

तपाईको प्रतिक्रिया