कर्णराज र अन्जुको ‘जिन्दगी खास भयो’ सार्वजनिक

गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको शब्द रचना भने मुक्त उदासले गरेका हुन् । शान थापा निर्देशित भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन् ।

भिडियोमा उनीहरुको मभावलाई देखाइएको छ । रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् ।

Published On: Time : 10:50:20

तपाईको प्रतिक्रिया