ओपेरा अगाडी ‘ओभरकोट’ मा ईसक


काठमाण्डौ । गायक तथा नायक ईसक राई फिल्म ‘आरुषी’ मा अनुबन्धन भएसंगै चर्चाको छन् । कोरियान लुक्सका कारण उनको बढी चर्चा हुने गरेको छ । फिल्ममा डेब्यू गर्न अघि उनले गायकको रुपमा छवि बनाएका थिए । ‘सिम्पल लिभिङ हाइ थिङ्किङ’ उनका दर्शकले सर्वाधिक रुचाएको गीत हो । गायनसंगै स्टेज परफमेन्सका कारण गायक ईसक राईलाई दर्शकले रुचाएका थिए । गायनसंगै दर्जनौ म्यूजिक भिडियोमा अभिनय गरिसकेका राई फिल्ममा पनि त्यसरी नै आफुलाई दर्शकले माया गर्ने बताउँछन् ।

फिल्मको शीर्ष गीत सुटिङका क्रममा अष्ट्रेलिया पुगेका इसकले सामाजिक सञ्जालमा आफ्नो शुभेच्छुकहरुका लागि न्यू लुक्समा केही फोटो सार्वजकि गरेका छन् । सिड्नी ओपेरा हाउस अगाडी कालो ओभरकोटमा प्रस्तुत भएका छन् । उनको यो अवतार निक्कै मन पराइएको छ । सामाजिक सञ्जालमा उनका शुभेच्छुकहरुले राम्रै प्रशंसा गरेका छन् ।

सुटिङ युनिट नेपाल फर्कि सकेपनि उनी आफ्नो केहि गीतको भिडियोका लागि अष्टे«लियामा अलिबढी समय बस्नु परेको टुडिखेललाई जानकारी दिए । अहिले उनी अलिस स्प्रिङ, सिड्नी, अजडेज लगायतका ठाउँहरुमा गीतको म्यूजिक भिडियो गरिरहेका छन् । उनी त्यहाँका नेपाली समाजले गर्ने केहि सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका छन् । भर्खरै मात्र मगर समाजले गरेको ल्होसार कार्यक्रममा पनि सहभागी भएको उनले बताए । उनले भने अष्टे«लियाको नेपाली समाज निक्कै सहयोगी रहेछ सुट्रिङ लगायत अन्य सामान्य काममा पनि राम्रो सहयोग पाएको छु ।

उनको डेब्यू फिल्म आरुषी ले नया बर्ष २०७६ बैसाखमा प्रदर्शन मिति तोकिसकिएको छ । फिल्म पोष्ट फ्रोडक्सनको अन्तिम चरणमा रहेको र केहिदिनमै आफपनि बाँकी रहेका डविङको कामका लागि नेपाल आउन लागेको जानकारी दिए । सङ्खुवासभा , तेह्रथुम , ताप्लेजुङ , झापा, इलाम र काठमाण्डौंको विभिन्न स्थानमा सुटिङ गरिएको छ । एक करोड बढी लगानिमा निर्माण भइरहेको चलचित्रलार्इ उदय सुब्बाले निर्देशन गरेका छन् । ताराप्रकाश लिम्बू र बिकास चौधरीको सङ्गीत रहेको छ । दिपक लिम्बू , ताराप्रकास लिम्बू र सुम्निमा इङ्नामको आवाज सुन्न सकिन्छ भने कला राई, रमा लिम्बू, सुनिल थापा, सुरवीर पण्डित, दमन रुपाखेती लगायतका अभिनय रहेकोल छ ।

 

यो पनि पढ्नुहोस

इसक ‘आरुसी’ बाट डब्यू, अस्टेलियामा सुटिङ हुदै

 

Published On: Time : 7:05:30

तपाईको प्रतिक्रिया