‘लालुमै’ ले जित्यो दर्शकको मन


केहि साता अघि सार्वजनिक गरिएको लालुमै बोलको गीतले अत्याधिक दर्शकहरुको मन जित्न सफल भएको छ । बिष्णु माझि र सन्दिप न्यौपानेले गएको यो गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् । युटुबमा शनिबारसम्म ४२ लाख दर्शक पाइसकेको छ भने यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई टिकटकमा पच्चीस हजार भन्दा धेरै ब्यातिहरुले भिडीयो बनाइसकेका छन् । सानो बजारमा छोटो समयमै गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउछन् । लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का फिचार्ड छन् । भिडीयोमामा राजेस घिमिरेको छायाँकन,पुष्पा बर्माको ड्रेस , सृष्टि थापा मगर र रोसन भुसालको मेकअप र बिष्णु शर्माको सम्पादन रहेको छ ।

Published On: Time : 9:32:08  387पटक हेरिएको

तपाईको प्रतिक्रिया