विश्वकर्माको रोईला गीत जतापनि ठिक पार्छौ बजारमा

केहि समय अघि एपिक नेपालको म्युजिक अवार्ड पाउन सफल गीतकार शारदा मरासिनी सरुको लय शब्दमा सपना विश्वकर्माको उत्कृष्ट रोईला गीत जता पनि ठिक पार्छौ बजारमा आएको छ । डिजीटल प्रालीले बजारमा लिएर आएको गितमा चर्चित गायक सुमन परियार र सपना विश्वकर्माको स्वर रहेको छ । गीतमा अहिलेको मायां जता पनि ठिक पार्ने खालको र विश्वास गर्न कठिन भएको भाव व्यक्त गरिएको छ । गीतको भिडीयो पनि उत्कृष्ट बनेको छ । निर्देशक मदन खडकाले निर्देशन गरेका छन भने गितको भिडीयोमा मदन खडका , सुनिता विश्वकर्मा,रन्जना सुनारको अभिनय एवम नृत्य देख्न सकिन्छ । गितको पक्ष राम्रो बनाउने कोसिस गरिएको र गितले सफलता पाउनेमा सोहि गीतकार एवम संगितकार सरु आशाबादी रहेकी छन ।

 

Published On: Time : 10:37:15  243पटक हेरिएको

तपाईको प्रतिक्रिया