संजीवको गीतमा श्रेया र अनुरागको रोमान्स ( भिडियो ) 

बिगत १० वर्ष देखि अस्ट्रेलियामा बसोबास गरिरहेका गायक संजीव खरेलले ू बादल ू बोलको आफ्नो दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका छन। स्लो रोमान्टिक भर्सनको यस  गीतमा स्वर , शब्द र संगीत खरेलकै रहेको छ ।
गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन । रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन। श्रेया कार्की र अनुराग ठकुरीको अभिनय रहेको यस गीतको भिडियोलाई अर्जुन तिवारी तथा अन्नपूर्ण फिल्म्सको टिमको निर्देशनमा तयार भएको हो। भिडियो  संजीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

Published On: Time : 9:49:07

तपाईको प्रतिक्रिया