‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक

 


काठमाडौं ५, फागुन । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक भएको छ ।
आज दिउँसो निर्माण यूनिटले काठमाण्डौको राईजीङ मलमा रहेको क्विएक्स सिनेमा हलमा पत्रकार सम्मेलन आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलन मार्फत औपचारिक रुपमा सार्वजनिक गरिएसंगै डिजिटल साझेदार हाइलाइटको यूट्युुब च्यालनबाट समेत ट्रेलर सार्वजनिक गरिएको छ ।

तीन मिनेट ६ सेकेण्ड लामो ट्रेलर हेरेपछि पत्रकारहरुले गडगडाहट तालि बजाएका थिए । ट्रेलरको पत्रकारहरुबाट राम्रो प्रशंसा पाएको थियो ।
फिल्ममा अनुप विक्रम शाहि, वर्षा शिवाकोटी र माला लिम्वूको प्रमुख अभिनय रहेको छ । चलचित्रको पूर्वी नेपाल र काठमाण्डौमा छायाङकन गरिएको छ । पत्रकार सम्मेलनमा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका कलाकारहरु अनुविक्रम, बर्षा, माला लिम्बू, निर्देशक भिषण राई, कार्यकारी निर्माता सन्तोष राई, निर्माताहरु, चलचित्रकर्मी ज्योतिराज राई, किरात राई यायोक्खाका महासचिव जीवन हाताचो राई लगायतको उपस्थिती रहेको थियो ।

केहि समय अगाडी रिलिज भएको “असार १५ मा दहि चिउरा बोलको गीतलाई नेपाली फिल्मपे्रमीहरुले अत्याधिक रुचाएका छिन् । युट्युबमा ट्रेलर पनि रुचाइएको छ । युट्युमा सार्वजनिक भएको तीन घण्टामै चौविस हजारले हेरिसकेका छन् । फिल्म आगामी चैत १ गते नेपालभर रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

Published On: Time : 12:37:26  469पटक हेरिएको

तपाईको प्रतिक्रिया