निर्देशक जनक पाण्डेलाई नायिका दिपशिखाको गम्भिर आरोप

काठमाण्डौ । फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ’प्रेमलीला’की नायिका दिपशिखा खड्काले फिल्मका निर्देशक जनक पाण्डेलाई गम्भिर आरोप लगाएकी छिन् । उनले फिल्मको आधा छायाँकन सकिन लाग्दा फिल्म छायाँकन सेट छोडेर हिँडेका निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी हुन् । नायिका खड्काले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै फिल्ममा लागानी समेत गर्ने सर्तमा पाण्डे निर्देशक बनेको र छायाँकनको समयमा पैसा निकाल्न नसकी आफुसँग लिएको पैसाको समेत हिसाब(किताब देखाउन नसकेर भागेको बताएकी छिन् । स्टाटसमा उनले भनेकी छिन्,’मैले बारबार फोन सम्पर्क गरे, फेसबुकमा म्यासेज गरे कुनै जवाफ आएन त्यसपछी रिसले गाली गरेर म्यासेज गरे, पुलिस केस गर्ने धम्की दिए तर पनि केही सिप लागेन’ । निर्देशक पाण्डेले आफुलाई धोका दिएको कारण आफुले सुन र गाडी समेत बेच्न परेको गुनासो पोख्दै नायिका खड्काले निर्देशक पाण्डेकी श्रीमती बिष्णु चापागाई पाण्डेबाट आफुलाई विभिन्न अपशब्द सहितका म्यासेज आएको र आफुले मानसिक तनाब भोग्नु परेको बताएकी छिन् ।
पछिल्लो समय सार्वजनिक फिल्मसँग सम्बन्धित सामाग्रीहरुमा समेत निर्देशकको नाम हटाईएको छ । ’जसले फिल्मको छायाँकन नै पुरा गरेको छैन उसलाई निर्देशक भनेर मेरो फिल्ममा राखिरहनुको कुनै औचित्य छैन त्यसैले मैले नाम हटाएको हुँ’, नायिका खड्काले भनिन् । निर्देशक पाण्डेका बिरुद्ध आफुले निर्माता संघ र निर्देशक संघमा निवेदन दिएको समेत खड्काले बताइन् । ’आशा छ म एक महिला भएर नेपाली फिल्म क्षेत्रमा केहि गर्छु भन्ने सोच सहित आएको मान्छेलाई निवेदनको आधारमा सम्बन्धित संस्थाले न्याय दिलाइदिनुहुनेछ’, नायिका खड्काले भनिन् । अब फिल्मकी नायिका र निर्देशक बिचको मनमुटावले कुन रुप लिन्छ त्यो भने हेर्न बाँकी छ ।

फिल्ममा नायिका खड्कासँगै अलि खान, मौसम खड्का लगायतको अभिनय रहेको छ । प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद समेत नायिका खड्काले नै लेखिकी हुन् ।

 

 

Published On: Time : 18:51:12

तपाईको प्रतिक्रिया