इसक ‘आरुसी’ बाट डब्यू, अस्टेलियामा सुटिङ हुदै

काठमाण्डौ । गायक तथा मोडल इसक राई चलचित्र ‘आरुसी’ बाट मुख्य नायकको रुपमा डेब्यु गर्दै छन् । नया बर्ष २०७६ बैसाखमा प्रदशन मिति तोकिसकिएको छ । यतिखेर फिल्म युनिट गीत सुटिङको लागि अस्टेलियामा छ । यहाँ फिल्मको शीर्ष गीतको छायाङकन भइरहेको छ । ङ्खुवासभा , तेह्रथुम , ताप्लेजुङ , झापा र इलामको विभिन्न स्थानमा सुटिङ गरिएको छ। आरुसी फिल्ममा डेब्यु गर्नु अगाडि इसक गायन तथा मोड्लिङ दुनियामा रमाइरहेका थिए। सिम्पल लिभिङ हाइ थिङ्किङ गीतबाट गायनको छुट्टै परिचय बनाएक राई चलचित्र छेत्रमा आउने चाहाना रहेको गीत सुटिङको क्रममा अस्टेलिया रहेको राईले फोनबा बताए । पहिलो फिल्ममै विदेशमा गएर सुटिङ गर्न पाएकोमा भाग्यमानी सम्झिन्छ्न । अरु चलचित्र भन्दा आम दर्शकले फरक पन के पाउन सक्छन भन्ने पश्नमा आरुसी चलचित्र बाट साङ्गितिक लभ स्टोरिलार्इ अलिक फरक पन पाउन सक्ने बताए । एक करोड बढी लगानिमा निर्माण भइरहेको चलचित्रलाइ उदय सुब्बाले निर्देशन गरेका छने भने ताराप्रकाश लिम्बू र बिकास चौधरीको सङ्गीत रहेको छ । दिपक लिम्बू , ताराप्रकास लिम्बू र सुम्निमा इङ्नामको आवाज सुन्न सकिन्छ भने आरुसिमा कला राई रमा लिम्बु सुनिल थापा सुरवीर पण्डित दमन रुपाखेती लगायतले अभिनय गरेका छन।

Published On: Time : 11:45:44

तपाईको प्रतिक्रिया