‘काफलगेडी कुटुक्कै’ पछि महेश बुढाथोकीको अर्को धमाकेदार गीत ‘पथरी बजार’


काठमाडौं । कुनै समयको चर्चित गीत काफलगेडी कुटुक्कै नसुन्ने सायदै कोही नहोलान् । ूकम्मर बारुलैूको चर्चा पनि आफ्नै ठाउँमा छ । यस्तै यस्तै खालका चर्चित गीत गाएर नेपाली लोक गीतसंगीतमा राम्रो स्थान बनाएर एकाएक हराएका गायक महेश बुढाथोकीको आवाजमा फेरि पनि अर्को एउटा मिठो गीत सार्वजनिक भएको छ । उनको स्वरमा रहेको माया नमार पथरी बजारू बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नयाँ कलाकारहरुलाई हौसला दिदै पुराना कलाकारहरुलाई सम्मान र संरक्षण दिनु पर्छ भन्ने मान्यताका साथ लगातार गीति भिडियोहरु सार्वजनिक गरि रहेको पुर्बेली जुनतारा म्युजिक प्रा।लि।को व्यवस्थापनमा सार्वजनिक भएको यस गीतमा शब्द तथा संगीत पनि गायक स्वयमकै रहेको छ । उज्जवल तामाङको छायाँकनमा सुमन तामाङले निर्देशन गरेको भिडियोमा दिनेश कोईराला र अञ्जु मगरले अभिनय गरेका छन् भने हेमन तामाङले भिडियोको सम्पादन गरेका छन् ।

Published On: Time : 11:04:20  352पटक हेरिएको

तपाईको प्रतिक्रिया