प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छायाँ सेन्टरमा शुक्रबार  सम्पन्न भएको छ । नेपाली गीत संगीतका क्षेत्रका कलाकार, पत्रकार,  प्राविधिकहरुका माझ मनोनयमा परेका सर्वोकृष्ट पाँचमा पर्न सफल भएका हरु मध्येबाट उत्कृष्ट सष्टा सर्जक छानिएका थिए । कार्यक्रममा सम्मानिय पुर्व प्रधानमन्त्री एवम नेकपा का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गदैँ दाहालले सर्वाधिक विधामा नेपालको पहिचान र लोक सस्कार र सस्कृतिको सम्मान गर्न विभिन्न समयमा अवार्ड लगायतका प्रतिस्पर्धा गरिनु निकै प्रसंसा युक्त काम भएको उहाँले बताउनुभयो ।
सो कार्यक्रममा  नेपाली सुगम संगीतका धरोहर भजन शिरोमणी भक्त्तराज आचार्य र बरिष्ट लोक गायक कुमार बस्नेतलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो  ।  “एपिक नेपाल पत्रकारिता सम्मान” बाट सम्मान गरिएको छ ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागी आफुहरुले निकै मेहनत गरेको कार्यक्रम संयोजक राजेन्द्र पुरी ले बताउनुभयो । अवार्ड समारोहमा राष्ट्रिय भावका गीत तर्फ कला पंर्गेनी , राष्ट्रिय भावको जुरी अवार्ड तर्फ शितल शर्मा , सर्वोकृष्ट लोक गीत बोल माया प्रकाश सपुत , सर्वोकृष्ट आधुनिक गीत रमेश राज भटटराई , लोकदोहोरी गायक खुमन अधिकारी ,लोक दोहोरी गायिका पुर्णकला वि सी  , लोकदोहोरी शब्द शिव हमाल , लोक दोहोरी लय कस्तुप पन्त , लोकदोहोरी मोडल अभिनय पुरुष विमल अधिकारी , लोकदोहोरी मोडल महिला मन्जिता केसी , लोकदोहोरी मोडल नृत्य पुरुष दिनेश थापा , लोक दोहोरी मोडल महिला बिषासा विसी , लोकदोहोरी
मोडल महिला पब्लिक च्वाइस रिना थापा मगर , सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक कपिल लामा , सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक नृत्य विक्रम चौहान , जुरी शंकर विसी , सर्वोकृष्ट लोकदोहोरी भिडियो सम्पादक अविनास डिसी , सर्वोकृष्ट आधुनिक मोडल पुरुष  सनव कठायत ,सर्वोकृष्ट आधुनिक मोडल महिला सगुन शाही , सर्वोकृष्ट आधुनिक निर्देशक देवेन्द्र पाण्डे , सर्वोकृष्ट आधुनिक भिडियो सम्पादक सायल खान , सर्वोकृष्ट आधुनिक छायाँकार मुकेश हुमाँगार्इँ , सर्वोकृष्ट आधुनिक शब्द आधुनिक एक नारायण भण्डारी , सर्वोकृष्ट आधुनिक संगीतकार राजकुमार बगर , सर्वोकृष्ट पप गायिका सन्धा बुढा , सर्वोकृष्ट पप गायिका इन्दिरा भटट्राई , सर्वोकृष्ट पप गीत शब्द किरण चेम्जोङ , सर्वोकृष्ट पप संगीत राजेन्द्र भटट् , सर्वोकृष्ट पप भिडियो निर्देशक असोक विक , सर्वोकृष्ट पप मोडल पुरुष लोमस शर्मा  , सर्वोकृष्ट पप गायक रोशन सिंह , सर्वोकृष्ट पप गायक जुरी अवार्ड रन्जित लामा , सर्वोकृष्ट लोकदोहोरी नव मोडल अभिनय पुरुष ओवि रायमाझी , सर्वोकृष्ट नव मोडल अभिनय मोडल महिला साया भण्डारी , नव गायिका आधुनिक भावना आचार्य , जुरी अवार्ड सुस्मिता राई , सर्वोकृष्ट लोकदोहोरी नव गायक शिव कार्की , सर्वाधिक लोकदोहोरी नव गायिका सुन्तामी परियार , सर्वोकृष्ट काठे गायिका उमा श्रेष्ठ बेष्ट अवार्ड , काठे भाका प्रकाश कटुवाल , सर्वोकृष्ट देउडा गायिका लक्ष्मी आचार्य , सर्वोकृष्ट देउडा गायक बैकृुण्ठ महत , सर्वोकृष्ट पुर्वेली लोक गायक गंगा प्रसाद घिमिरे , सर्वोकृष्ट पुर्वेली लोक गायिका सत्यकला राई , सर्वोकृष्ट तामाङ सेलो गायक योगेश लामा , सर्वोकृष्ट तामाङ सेलो गायिका रेश्मा बोम्जन , साथै विभिन्न नव तथा विशिष्ट कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन चर्चित उदघोषक दिनेश डिसीले गरेका थिए । कार्यक्रमलाई भब्य रुपमा मनाउनको लागी विभिन्न सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
Published On: Time : 15:11:11

तपाईको प्रतिक्रिया