आँचललाई फकाउँदै पल शाह

काठमाण्डौ । नेपाल आईडल सिजन एकबाट चम्किएका गायक प्रताप दासले नयाँ गीत लिएर आएका छन्।नेपाली सिने जगतका चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन्।अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँको शब्द, कल्याण सिंहको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत डान्सिङ थिममा बनाईएको छ।प्रदिपले यसअघी नेपाल आईडल सिजन एककै अर्का गायक निशान भट्टराईसँगको गीत आफ्नै छायाँसँग पनि..को पनि म्युजिक भिडियो बनाइसकेका छन् ।

Published On: Time : 4:39:49  330पटक हेरिएको

तपाईको प्रतिक्रिया