‘सानु विहे भयो की भा छैन’ (भिडियो सहित)


काठमाण्डौ । नेपाली लोक दोहोरी गीतको क्षेत्रमा मौलिक लोक लयमा आधारित गीत कम मात्रामा आइरहेको अवस्थामा निकै रमाइलो पारामा युवा युवती बीचको सम्वादलाई समेटेर केशव अधिकारीको लोकदोहोरी गीत ‘सानु विहे भयो की भा छैन ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रमेश उपाध्यय , सन्तोष रेग्मी र स्मृती बजगाईँको आवाज रहेको छ ।
लाहुरबाट आएको लाहुरे र गाउँकी युवती बीचको प्रेमको सम्वादलाई भिडियोमा समेटिएको छ । आफनो मनमा विहे गर्ने मन भएको तर आफुले खोजे जस्तो राजकुमार हालसम्म नपाएको गुनासो गायिकाले गरेकी छन । शितल राज गिरीको शब्द तथा लय सिर्जना रहेको छ । केशव खत्रीको छायाँकन, अनिल रानाको सम्पादन , केशव खत्रीको निर्देशन भिडियोमा रहेको छ । गीत ‘सानु विहे भयो की भा छैन ’ गीतमा संजिव सिंह ठकुरी , त्रिसना खड्का र गोपाल केसीको अभिनय रहेको छ ।

Published On: Time : 3:45:04  416पटक हेरिएको

तपाईको प्रतिक्रिया