‘पिरतीको मिठो निर्सना’ नयाँ स्वादमा

कुनै समय सबैको मुखमा झुण्डिएको गीत हो ‘पिरतीको मिठौ निर्सना’ । यहि पुरानो हिट गीतलाई यतिखेर मिलन चाम्सले आफ्नो सिक्वएल फिल्म वीरविक्रम २ मा समेटेपछि पुनः चर्चामा आएको छ । युट्युबमा अपलोड गरिएको तीनदिनमै १० लाखबढीले हेरिसकेका छन् । पुरानो पुूस्तालाई यो गीतले नयाँ स्वादमा विगत सम्झाएको छ भने नयाँ पुस्ताले आफ्नै समयको प्रविधि र पात्रहरुको अभिनयमा यो गीतको स्वाद लिने मौका पाएको छ । इन्दजीत मिजार र भारती घिमिरेले चलचित्र देउतामा गाएको यस गीतमा त्यतिबेलाका चर्चित नायक राजेश हमाल र नायिका सिर्जना बस्नेतले अभिनय गरेका थिए । पुरानो सफल चलचित्र मध्ये पर्छ देउता । त्यहि लिगेसिलाई विरविक्रम २ मा निर्देशक चाम्सले क्यास गर्ने प्रयास गरेको देखिन्छ । अहिले तारा प्रकाश लिम्बू र मेलिना राईले स्वर दिएका छन् भने पल शाह, बर्षा शिवाकोटी र नाजिर हुसेनले अभिनय गरेका छन् ।

Published On: Time : 8:51:05  319पटक हेरिएको

तपाईको प्रतिक्रिया