पुर्णकला विसी र विर बहादुर मगरको मार्मिक लोकदोहोरी पासर्पोट

हजारौ मन भित्रको आशालाई आफनो जन्मभुमीमा छोड्दै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत पासर्पोट गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ ।
डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रहेको छ । जीवनको बास्तविक भोगाईलाई समेटेर गीतमा प्रस्तुत गरेको डम्वर चन्द मगरले बताए । अजय रेग्मीको छायाँकन , अमर शाक्यको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । वियोगान्त गीतमा आशा खड्का र विर बहादुर मगरको अभिनय रहेको छ ।

https://youtube.com/watch?v=OYmEIWLtlAc

 

Published On: Time : 6:01:51  259पटक हेरिएको

तपाईको प्रतिक्रिया